Suvadin, Home

Cover Image

चिनियाँ विदेशमन्त्री र कांग्रेस सभातपति देउवाबीच भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका केही शीर्ष नेतासँग भेट गरेका छन् ।

काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा उनले सुरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । भेटमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि उपस्थिति थियो ।

कांग्रेसका नेताहरुसँगको भेट पश्चात उनले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालाई भेटेका थिए ।

आइतबार तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं झरेका चिनियाँ विदेशमन्त्री यी आजै दिउँसो स्वदेश फिर्ता जाँदैछन् ।
 


 

More form the Internet

loading...