Suvadin, Home

मधेस समता पार्टी एमालेमा समाहित
सीमारक्षक देवनारायण कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

सीमारक्षक देवनारायण यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्। बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सीमारक्षक यादवलाई पार्टी प्रवेश गराएका हुन्।  सप्तरीका पूर्वजिविस सदस्य रहेका यादव नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।  
सीमारक्षक देवनारायण यादव।

काठमाडौं, असोज २६– सीमारक्षक देवनारायण यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्। 

बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सीमारक्षक यादवलाई पार्टी प्रवेश गराएका हुन्।  सप्तरीका पूर्वजिविस सदस्य रहेका यादव नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।  

यादवले आफू निस्वार्थ भावनाले एमालेमा प्रवेश गरेको बताए। गत वर्ष तिलाठी घटनापछि अन्य दलका नेताहरु मौन बसेको र एमालेका केही नेता तिलाठीमै पुगेको भन्दै एमाले देशका बारेमा गम्भीर पार्टी भएको बताए। आफूले भारतीय पक्षको आक्रमणबाट हरेस खाँदा एमालेले सहयोग गरेको भन्दै यादवले आफू निरन्तर रुपमा राष्ट्रियताका पक्षमा लाग्ने बताए।

गत वर्ष सप्तरी तिलाडीको खाँडो खोलामा भारतीय पक्षले नेपालको भू–भाग डुवानमा पर्नेगरी बनाएको बाँध भत्काएपछि भएको भारतीय पक्षसँगको झडपमा यादव गम्भीर घाइते  भएका थिए। भारतीय ज्यादतिविरुद्ध लड्दै आएका  यादवलाई असोज १५ गते मात्र  भारतमा भारतीय प्रहरीले पक्राउ गरेको थियो। 

अपहरण मुद्दामा छोरासहित पक्राउ परेका यादवलाई गत  शनिबार विहार राज्यको सुपोल जिल्लास्थित अदालतले साधारण तारेखमा रिहाको आदेश दिएपछि उनी  थुनामुक्त भएका थिए।  
 सो अवसरमा  मेघराज नेपाली निषद् नेतृत्वको मधेस समता पार्टीले पनि एमालेमा एकता भएको छ। 


 

More form the Internet

loading...