निर्वाचन अपडेटः
राजेन्द्र महतोभन्दा १ हजार ७३ मतले निधि पछाडि परे
काठमाडौं, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वार राजेन्द्र महतोले मतान्तर बढाएका छन्। राजेन्द्र महतो निधिभन्दा १ हजार ७३ मतले अघि छन्।
जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनामा राजपाका उम्मेदवार राजेन्द्र महतोले ३ हजार ३ सय १५ मत पाएका छन् भने निधिले भने २ हजार २ सय ४२ मत ल्याएका छन्।