Suvadin, Home

धनुषामा निर्वाचन शान्तिपूर्ण, निधि, महासेठ र यादवद्वारा मतदान

नेपाली कांग्रेसका नेता एवम् धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले राजेश्वर निधि माध्यमिक विद्यालय नगराइन मतदान केन्द्रमा मतदान गरेका छन्।
वीरगञ्ज–१२ मुर्लीबगैचास्थित मतदान केन्द्रमा लामबद्ध मतदाता। तस्वीरः विजयकुमार महतो/रासस

जनकपुरधाम, मंसिर २१ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन धनुषामा शान्तिपूर्वक भइरहेको छ। 

मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार चार वटा निर्वाचन क्षेत्र रहेको धनुषामा क्षेत्र नम्बर–१ मा एक लाख दुई हजार ७१२, क्षेत्र नम्बर–२ मा एक लाख छ हजार १ सय, क्षेत्र नम्बर– ३ मा ९७ हजार ५०२ र क्षेत्र नम्बर– ४ मा ९८ अजार ३६० मतदाता रहेका छन्। 

कार्यालयका अनुसार मतदानका लागि ३२७ मतदान स्थलमा ५४८ मतदान केन्द्रको व्यवस्था गरिएको छ। सोमध्ये २२२ अतिसंवेदनशील र १०५ संवेदनशील मतदानस्थल रहेका छन्। 

यसैबीच, नेपाली कांग्रेसका नेता एवम् धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले राजेश्वर निधि माध्यमिक विद्यालय नगराइन मतदान केन्द्रमा मतदान गरेका छन्।

यस्तै, धनुषा क्षेत्र नम्बर– ४ मा वाम गठबन्धनका उम्मेदावार रघुवीर महासेठले जनकपुर उपमहानगरपालिका–९ स्थित सहृदय पुस्तकालय मतदान केन्द्रमा मतदान गरेका छन्।

खानेपानी तथा सरसफाइमन्त्री एवम् कांग्रेसका तर्फबाट क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले जनता निमावि बनिगामा मतदान केन्द्रमा मतदान गरेका छन्।


 

More form the Internet

loading...