Suvadin, Home

डा. केसीलाई रिहाई गर्न चिकित्सक संघको माग

डा. केसीलाई पक्राउ गरेको घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ।

काठमाडौं, २५ पुस – नेपाल चिकित्सक संघले आफ्नो आजीवन सदस्य एवम् त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएको घटना प्रति दु:ख व्यक्त गर्दै यथासिघ्र रिहाईको माग गरेको छ। 

डा. केसीलाई पक्राउ गरेको घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ।

संघको विज्ञप्तीमा डा.केसीले सत्याग्रहको माध्यमबाट चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरुको सहज पहुाच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनिय प्रगति हासिल गराउन सफल भएको बताउँदै अस्पताल परिसरभित्रबाटै यस प्रकारको गिरफ्तारीप्रति नेपाल चिकित्सक संघ दुखित भएको उल्लेख गरिएको छ।


 

More form the Internet

loading...