Suvadin, Home

अमेरिकाः ट्रम्पकाे एक वर्षे कार्यकाल, नागरिक विभाजित

सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा सम्भवत सबैभन्दा धेरै विवादास्पद बन्नपुगे। अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई ट्रम्प राष्ट्रपति बनेको एक वर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन्। अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन्।
डाेनाल्ड ट्रम्प।

न्यूयोर्क, ७ माघ – सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा सम्भवत सबैभन्दा धेरै विवादास्पद बन्नपुगे। 

अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई ट्रम्प राष्ट्रपति बनेको एक वर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन्। अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन्। 

कर कटौती विधेयकका विषयमा वर्तमान् राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा हस्ताक्षर गरी कानूनको कार्यान्वयनको लागि पठाइएको छ। यसलाई लिएर उनका प्रशंसा तथा आलोचना दुवै बराबर देखिएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार करसम्बन्धी कानून ठूला व्यापारिक प्रतिस्ठान तथा धनीलाई उपहारको रूपमा रहेको बताइन्छ। यसले औषत अमेरिकीलाई थोरैमात्र प्रभाव पार्ने अनुमान गरिएको छ। 

अमेरिकी शहर सान फ्रान्सिस्कोमा एक बैंकमा कार्यरत मुन ट्रङले भने – 'करसुधार सम्बन्धि कानूनले बित्तीय संस्थालाई सहयोग पुगेको छ। कानून कार्यान्वयनमा आएसँगै बैंकले म र म जस्ता कामदारलाई थप एक हजार अमेरिकी डलर बोनस दिएको छ।' कानूनले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउनेमा शङ्का छैन। 

करसुधार नीति अन्तर्गत कर्पोरेट करदरलाई ३५ प्रतिशतबाट घटाएर सन् २०१८ देखि २१ प्रतिशतमा झारिएको छ। 

ट्रम्पको नीतिले अमेरिकी धितोपत्र बजारमा तीब्र वृद्धि भएको र वेरोजगार दर घटेर गएको न्यूयोर्कका वित्तीय परामर्शदाता सान्डन के साफियरले बताए। ट्रम्पको कार्यकालमा अमेरिकीबीच अर्थतन्त्र बलियो बनेर जाने आशा पलाएको उनी बताउँछन्। 

ट्रम्पका सहयोगीले उहाँको निर्वाचनका समय गरेका प्रतिवद्धताप्रति राष्ट्रपति सचेत रहेको बताएका छन्। उनले घोषणा गरेका कार्यक्रमबाट फाइदा प्राप्त गर्ने केहीले भने एक बर्षमा केही सुधारका काममा शुरु भएको बताउँछन्। 

कोलोराडोका एक सफल कृषक काइल स्मिथले ट्रम्पले धेरै राम्रा कामको थालनी गरेका बताएका छन्।


 

More form the Internet

loading...