Suvadin, Home

ट्रम्पले भने - मजबुत हुनूस् र  विपक्षीसँग कार्यकर्तासँग लड्नूस्

वाशिङटन । अमेरिकी राष्ट्रपतिका विरुद्धमा उजुरी गर्ने एक व्यक्तिले डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति ब्लोदिमिर जेलेन्स्कीबीचको वार्तालाई ह्वाइट हाउसले लुकाउन खोजेको भए पनि सम्भव नभएको जनाएका छन् ।  उनले सो वार्ताको प्रसंग सामान्य कम्युटरमा भन्दा पनि अलग्गै प्रणालीमा राखिएको जनाएका छन् । 

सोही उजुरीका आधारमा अहिले अमेरिकी संसदले ट्रम्पविरुद्धमा महाअभियोगको प्रक्रिया सुरु गरेको छ ।  यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पार्टीका कार्यकर्ताहरुलाई विपक्षीसँग लड्न ट्विटमार्फत् आग्रह गरेका छन् ।  

उनले भनेका छन्,‘‘डेमोक्र्याट पार्टीका मानिसहरु रिपब्लिकन पार्टी र उसका सबै मूल्यको बर्बाद पार्ने प्रयासमा लागेका छन् । रिपब्लिकन साथीहरु एक जुट हुनुहोस् । उनीहरुको खेललाई सम्झनुस र मजबुतसँग लड्नुस । हाम्रो देश दाउमा छ ।’’

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भएको फोन वार्ताको विस्तृत विवरण बुधबार सार्वजनिक गरेको थियो । त्यसमा विपक्षी नेता तथा पूर्वउपराष्ट्रपति जो वाइडेनको विरुद्धमा छानबिन गर्न अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपतिलाई आग्रह गरिएको विवरण समेत उल्लेख छ । (बीबीसी)


 

More form the Internet

loading...