Suvadin, Home

डोनाल्ड ट्रम्पविरूद्ध लाखौं मानिस सडकमा

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध १० लाख भन्दा बढी मानिसहरु देशभरका शहरमा विरोध प्रदर्शनमा उत्रिएका छन्। अपेक्षा गरिए भन्दा ठूलो संख्यामा प्रदर्शनकारीहरु विरोधमा उत्रिएका छन् र विश्वभरमा गरेर ६ सय भन्दा बढी र्यालीहरु भएको ठानिएको छ।
ट्रम्वविरूद्ध अान्दोलनमा निस्किएका जनता।

काठमाडौं, माघ ९ (बिबिसी)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध १० लाख भन्दा बढी मानिसहरु देशभरका शहरमा विरोध प्रदर्शनमा उत्रिएका छन्।

अपेक्षा गरिए भन्दा ठूलो संख्यामा प्रदर्शनकारीहरु विरोधमा उत्रिएका छन् र विश्वभरमा गरेर ६ सय भन्दा बढी र्यालीहरु भएको ठानिएको छ।

ट्रम्पले भने शनिबारको प्रदर्शनहरुबारे भने केही प्रतिक्रिया दिएका छैनन्।

ह्वाइट हाउसको नयाँ प्रशासनले महिला अधिकारको विषयलाई संकटमा पार्ने अधिकारकर्मीहरुले ठानेका छन्।

विरोध गर्नुको उद्देश्य सिद्धान्तत: महिला अधिकारका विषयलाई प्राथमिकता दिनु थियो।

विरोध र्यालीहरुमध्ये सबैभन्दा ठूलो वासिङ्टनको थियो, जहाँ अधिकारीहरुले पाँच लाख भन्दा बढी मानिसहरु भेला भएको अनुमान गरिएको छ।

शुरुमा आयोजकहरुले वासिङ्टनमा दुई लाख मानिस आउने अपेक्षा गरेका थिए।

धेरैले शुक्रबार राष्ट्रपतिको शपथ कार्यक्रममा भेला भएका मानिसहरु भन्दा उनको विरुद्ध उत्रिएका मानिसको संख्या बढी भएको अनुमान गरेका छन्।

राजधानीमा भएको प्रदर्शनमा कलाकार स्कारलेट योहानसन, ग्लोरियस स्टाइनम, एस्ले जडदेखि अभियानकर्मी माइकल मुरलगायत अन्यले भाषण गरेका थिए।

आफ्नो भाषणका क्रममा माइकल मुरले वासिङ्टन पोष्ट पत्रिकाको 'ट्रम्पले सत्ता लिए' भन्ने शीर्षक देखाउँदै उनले, आफूलाई ट्रम्पले शक्ति लिएको भन्ने नलाग्ने बताए।

उनले 'शक्ति हामीसँगै छ। हामी भेला भएको यही ठाउँमा अमेरिकाको बहुमत छ' भनेका थिए।

ह्वाइट हाउससम्म र्याली गर्न गरिएको योजना भने मानिसहरुको भीडले पुरै मार्ग भरिएकाले असम्भव भएको छ।

यसबिच ट्रम्पसँग पराजित भएकी डेमोक्रेटिक पार्टि तर्फकी उम्मेदवार हिलरी क्लिन्टनले ट्वीट गर्दै आफ्ना मूल्य मान्यताका लागि आवाज उठाएकोमा र्याली आयोजकलाई धन्यवाद दिएकी छन्।

उनले सबै मिल्दा बलियो भइन्छ भन्नेमा आफूले साँच्चिकै विश्वास गर्ने बताएकी छन्।

ट्रम्पले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो दिनमा केन्द्रिय गुप्तचर संस्था सिआइएको मुख्यालय भ्रमण गरे।

उनले खुफिया संस्थाका कर्मचारीको समर्थनमा आफू एक हजार प्रतिशत रहेको बताएका छन्।

उनले आफ्नो शपथ ग्रहणको कार्यक्रममा उपस्थिति जनाएको भीडको संख्याबारे समाचार दिँदा सञ्चारमाध्यम इमानदार नभएको आरोप पनि लगाए।

 


 

More form the Internet

loading...