Suvadin, Home

जोनसन मेरा साथी हुन्ः राष्ट्रपति ट्रम्प

उनले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताएका छन्। ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन नेटो सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व लागि बोरिस जोनसन मेरा साथी हुन। उनले भने 'उनि मेरा लागि धेरै मनपर्ने नेता हुन्'।

वासिङ्टन,२६ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता साथी भएको बताएका छन्।

उनले छिट्टै हुने आफ्नो यूरोप भ्रमणमा बेलायती पूर्व विदेशमन्त्री जोनसनसँग कुराकानी गर्ने बताएका छन्। ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन नेटो सम्मेलनका यूरोप प्रस्थान गर्नुपूर्व लागि बोरिस जोनसन मेरा साथी हुन। उनले भने 'उनि मेरा लागि धेरै मनपर्ने नेता हुन्'।

जोनसोनको राजिनामा पछि आफूले बेलायती प्रधानमन्त्री टरिजा मेसँग नबोलेको बताउँदै सोमबार दुई मन्त्रीको राजिनामाले बेलायतको सरकारलाई खासै फरक नपर्ने तर जनताको निर्णय शक्तिशाली हुने बताए।

दुई मन्त्रीको राजिनामापछि बेलायतमा नेतृत्वमा चुनौति आउनसक्ने विभिन्न क्षेत्रबाट अनुमानहरू भइरहेका समय ट्रम्पको यो भनाई आएको हो। 


 

More form the Internet

loading...