Suvadin, Home

चिकित्सक तथा अधिकारकर्मीद्वारा प्रदर्शन
प्रा.डा. गाेविन्द केसीकाे सत्याग्रहः दाेस्राे दिन पनि जारी

प्रा.डा केसीले साेमबारबाट १२औं पटककाे अामरण अनशन शुरु गरेका हुन्। केसीकाे समर्थनमा चिकित्सक तथा विभिन्न क्षेत्रमा अगुवाहरुले मंगलबार पनि माइतघरमा प्रदर्शन गरेका छन्। साेमबार सिंहदरबार र संसद भवन अगाडि प्रदर्शन गरिएकाे थियाे।
प्रा.डा. गोविन्द केसी। फाइल तस्वीर

काठमाडाैं, असाेज १० – त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीले मंगलबार दाेस्राे दिन पनि सत्याग्रह जारी राखेका छन्। केसीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा साेमबारबाट १२औं पटककाे अामरण अनशन शुरु गरेका हुन्।

डा. केसीकाे समर्थनमा चिकित्सक तथा विभिन्न क्षेत्रमा अगुवाहरुले मंगलबार पनि माइतघरमा प्रदर्शन गरेका छन्। साेमबार सिंहदरबार र संसद भवन अगाडि प्रदर्शन गरिएकाे थियाे।
सरकारले व्यवस्थापिका–संसदबाट बहुचर्चित एवम् बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक-२०७४ संशोधन नगरी पारित गर्न लागेपछि केसीले सत्याग्रह शुरु गरेका हुन्।

यसअघि असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम शुरु हुने भनिएको थियो। केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौं विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने माग राखेका छन्। 

यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए उक्त रकम असुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने उनकाे माग छ।

त्यसैगरी, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन्। डा. केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउँँदै आएका छन्।


 

More form the Internet

loading...