Suvadin, Home

विशेष सम्पादकीय
गोपाल पराजुलीज्यू, अलिकति नैतिकता बाँकी भए राजीनामा दिनुस्

न्यायसेवा भनेको स्वतन्त्र निष्पक्ष र निर्भिक क्षेत्र हो। न्यायको क्षेत्रमा काम गरेर बिदा लिँदैगर्दा कम्तिमा नेपाल राष्ट्रका तीन करोड नागरिकले आँखामा टम्म आँशु पारेर बाँकी जीवन सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै फूलमालाले बिदा गरुन्। अनि मात्रै वास्तविक न्यायकर्मीको पहिचान झल्किने छ, पुष्टि हुने छ। तर, तपाईमा त्यो कुनै अंश बाँकी छ पराजुलीज्यू?
गाेपालप्रसाद पराजुली।

गोपालप्रसाद पराजुलीज्यू, तपाईमा अलिकति पनि नैतिकता बाँकी छ भने तत्काल राजीनामा दिनुस्। सर्वोच्च अदालतको गरिमामय प्रधानन्यायाधीशको पदमा तपाई हुनुहुन्छ। तर, तपाईलाई श्रीमान् अथवा प्रधानन्यायाधीशज्यू भनेर सम्बोधन गर्न मनै मानेन। किनभने तपाईले न्यायसेवामा रहँदा गरेका तमाम कर्तुतहरुले ‘श्रीमान्’ अथवा ‘प्रधानन्यायाधीशज्यू’ भनेर सम्बोधन गर्न रोक्यो। पराजुलीज्यू, सर्वोच्च अदालत भनेको न्यायसेवाको सर्वोच्च मन्दिर हो। न्यायकर्मी र आमनागरिकका लागि सर्वोच्च अदालत न्याय दिने तीर्थस्थल हो, न्यायको प्रतिक्षामा रहेका नागरिकले जसको पूजा गर्छन्। हो, सर्वोच्च अदालतप्रति पूर्ण आस्था र गहिरो सम्मान व्यक्त गर्दै न्यायको त्यस्तो मन्दिरभित्र तपाईजस्तो कुपात्र बस्न सुहाउँदैन। तपाईबाट स्वतन्त्र न्यायसम्पादन हुन्छ भन्ने आश नेपाल राष्ट्रका तीन करोड नागरिकले त्यागिसकेका छन्। त्यसैले पराजुलीज्यू, कम्तिमा अलिकति मात्रै पनि नैतिकता बाँकी छ भने राजीनामा दिनुस्। 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशको कुर्सीबाट ओर्लिएर आँगनको माटोमा उभिनुस्। र, आँखा चिम्लिएर आफैँ प्रश्न गर्नुस् कि ‘ममा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हुने कुनै गुण वा आचरण बाँकी छ?’ अथवा ‘ममा न्यायकर्मीमा हुनुपर्ने निष्पक्षता र स्वतन्त्रता केही बाँकी छ?’ 

सर्वोच्च अदालतको सर्वोच्च पद तपाईजस्ता पतित र जागिरे मानसिकताबाट ग्रस्त पाखण्डहरुका लागि सुहाउने ठाउँ नै होइन। सर्वोच्च अदालतको त्यो कुर्सीको गरिमा नबुझेका र जागिर खान जेपनि गर्न सक्ने तपाईजस्ता व्यक्तिलाई त्यो कुर्सीको गरिमा थाहा हुँदैन पनि। न्यायसेवा भनेको स्वतन्त्र निष्पक्ष र निर्भिक क्षेत्र हो। न्यायको क्षेत्रमा काम गरेर बिदा लिँदैगर्दा कम्तिमा नेपाल राष्ट्रका तीन करोड नागरिकले आँखामा टम्म आँशु पारेर बाँकी जीवन सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै फूलमालाले बिदा गरुन्। अनि मात्रै वास्तविक न्यायकर्मीको पहिचान झल्किने छ, पुष्टि हुने छ। तर, तपाईमा त्यो कुनै अंश बाँकी छ पराजुलीज्यू? सर्वोच्च अदालतको प्रधानन्यायाधीशको कुर्सीबाट ओर्लिएर आँगनको माटोमा उभिनुस्। र, आँखा चिम्लिएर आफैँ प्रश्न गर्नुस् कि ‘ममा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हुने कुनै गुण वा आचरण बाँकी छ?’ अथवा ‘ममा न्यायकर्मीमा हुनुपर्ने निष्पक्षता र स्वतन्त्रता केही बाँकी छ?’ आफैँले आफैँलाई उत्तर दिनुस्। पक्कै तपाईले ‘छैन’ भन्ने उत्तर पाउनु हुनेछ। हो, पराजुलीज्यू, त्यसै कारण तपाई पदमा बस्न योग्य हुनुहुन्न। तत्काल राजीनामा दिनुस्।

न्यायसेवामा रहँदा गरेकोमध्ये मेडिकल माफियासँगको साँठगाँठ र सरकारी जागिर केही महिना बढी खानका लागि तपाई आफ्नो जन्ममितिमा गर्नु भएको फेरबेदल नै तपाईको सर्वोच्च अदालतका सर्वोच्च पदमा बस्न चाहिने नैतिकता र आचरणको अन्त्य हो।

गोपालप्रसाद पराजुलीज्यू, तपाईको पारिवारिक विवादको पक्ष छाडौं। प्रधानन्यायाधीश हुनका लागि गरेका चाकडीको पक्ष पनि छाडौं। मात्रै, न्यायसेवामा रहँदा गरेकोमध्ये मेडिकल माफियासँगको साँठगाँठ र सरकारी जागिर केही महिना बढी खानका लागि तपाई आफ्नो जन्ममितिमा गर्नु भएको फेरबेदल नै तपाईको सर्वोच्च अदालतका सर्वोच्च पदमा बस्न चाहिने नैतिकता र आचरणको अन्त्य हो। त्यति हुँदा पनि सर्वोच्च अदालतको गरिमामय स्थान प्रधानन्यायाधीशको कुर्सीमा बस्ने आँट चाहिँ तपाईले कसरी गर्नुभयो? नैतिकता सकिएपछि जेपनि गर्न सकिने रहेछ है पराजुलीज्यू? यी यावत कुराहरु त छँदैछन्। तर, अहिले न्यायालयको गरिमा र नागरिकमा रहेको आस्थालाई जोगाउनका लागि तपाईले राजीनामा दिनैपर्छ। त्यसको विकल्प छैन। 

यसरी एकै जना व्यक्तिको चार–चार वटा जन्ममिति! कसरी एउटै व्यक्ति चार पटक जन्मिन सक्छ? अवतारी पो हुनुहुँदो रहेछ त पराजुलीज्यू तपाई त! अब त अति भयो गोपालप्रसाद पराजुलीज्यू तत्काल राजीनामा दिनुस्।

पराजुलीज्यू, तपाई नैतिक रुपमा त प्रधानन्यायाधीशको कुर्सीमा बस्न योग्य हुनुहुन्न नै। तपाईको नागरिकताको विषयले अब कानूनी रुप पनि अयोग्य हुनुहुन्छ भन्ने प्रमाणित भइसकेको छ। कानूनी रुपमा वि.सं. २०१० साल वैशाख १६ गतेको जन्ममितिलाई न्यायपरिषदले मान्यता दिएको छ। यद्यपि, शैक्षिक अभिलेखमा तीन फरक–फरक मिति हुनुले पनि तपाईको इमान्दारितामा गम्भीर प्रश्न उठेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मिति २०३० साउन २१ गते जारी प्रमाणपत्रमा उमेर २१ वर्ष छ। जुन २००९ साल साउन २१ हुन आउछ। दोश्रो अभिलेखमा २०१० साल वैशाख १३ गते छ। तेश्रोमा २०१० साल वैशाख १६ गते छ। र, नेपाल राष्ट्रिय विद्यापीठबाट जारी चारित्रिक प्रमाणपत्रमा तपाईको जन्ममिति २०११ वैशाख १६ गते उल्लेख गरिएको छ। र, चौँथोमा अर्थात नेपाल ल क्याम्पसको प्रमाणपत्रमा वि.सं. २०१० साल वैशाख १६ गते जन्ममिति उल्लेख गरिएको छ। यसरी एकै जना व्यक्तिको चार–चार वटा जन्ममिति! कसरी एउटै व्यक्ति चार पटक जन्मिन सक्छ? अवतारी पो हुनुहुँदो रहेछ त पराजुलीज्यू तपाई त! अब त अति भयो गोपालप्रसाद पराजुलीज्यू तत्काल राजीनामा दिनुस्।


 

More form the Internet

loading...