Suvadin, Home

दुबै चरणको चुनाव पछि मात्रै बजेट पेश गर्न सुझाव
उम्मेदवार मनोनयन दुई दिन पछि सर्यो

निर्वाचन आयोगले पहिलो चरणमा हुने स्थानीय तह  निर्वाचनमा उम्मेदवारको मनोनयन दुई दिन पछि सार्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारी निवास वालुवाटारमा सोमबार बोलाएको मधेशी मोर्चामा आवद्ध दलसहितको बैठकमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पहिलो चरणको निर्वाचनको मनोनयन १८ गते गर्ने जानकारी दिएका हुन्।
निर्वाचन आयोग - फाइल तस्विर

काठमाडौं, वैशाख ११– निर्वाचन आयोगले पहिलो चरणमा हुने स्थानीय तह  निर्वाचनमा उम्मेदवारको मनोनयन दुई दिन पछि सार्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारी निवास वालुवाटारमा सोमबार बोलाएको मधेशी मोर्चामा आवद्ध दलसहितको बैठकमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पहिलो चरणको निर्वाचनको मनोनयन १८ गते गर्ने जानकारी दिएका हुन्।

मधेशी मोर्चामा आवद्ध दलहरु निर्वाचनमा आउने भएपछि बैशाख १६ गतेका लागि तय गरिएको उम्मेदवार मनोनयनको कार्यतालिका २ दिन पछि सार्ने प्रस्ताव गरिएको आयोगका प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिएका छन्।

बैठकमा निर्वाचन आयोगले दुवै चरणको निर्वाचन सम्पन्न नभई बजेट पेश नगर्न सुझाव पनि दिएको छ । जेठ ३१ गतेपछि मात्रै सरकारलाई बजेट ल्याउन सुझाव दिइएको निर्वाचन आयोगले जनायो । निर्वाचन आचारसंहिताले पनि निर्वाचन अघि बजेट पेश गर्न नमिल्ने भएकाले असार पहिलो साता मात्रै बजेट ल्याउने गरी संविधान संशोधन गर्न सरकारलाई सुझाव दिइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिएको छ।

त्यसै गरी निर्वाचन आयोगले मधेशी मोर्चामा आवद्ध ६ दल बीच एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टीलाई दलीय चुनाव चिन्ह् दिन संविधान अनुसारनै नमिल्ने पनि स्पष्ट पारेको छ । प्रधानमन्त्री दाहाल र मोर्चा आवद्ध दलका नेताहरुले राष्ट्रिय जनता दललाई चुनाव चिन्ह् दिन मिल्ने÷नमिल्ने विषयमा जिज्ञासा राखेपछि प्रमुख निर्वाचन आयुक्त यादवले त्यसो गर्न संविधानले नै नदिने प्रष्टयाएका हुन्।

निर्वाचन आयोगले मतपत्र, मतदाता नामावलीमा पनि पुनर्विचार गर्न नसकिने स्पष्ट पारेको छ । आईतबार बसेको मन्त्रीपरिषद बैठकले बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ तथा जेठ ३१ गते प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन गर्ने निर्णय गरेको थियो।
 


 

More form the Internet

loading...