Suvadin, Home

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
प्रदेश ७ का चार जिल्लामा ६३ जना चुनावी मैदानमा

पहिलो चरण अन्तर्गत मसिर १० गते चुनाव हुने ७ नम्बर प्रदेशका चार जिल्लामा ६३ जनाको उम्मेद्वारी परेको छ।  प्रदेशसभाका आठ सिटमा ४० जनाको उम्मेद्वारी परेको छ भने प्रतिनिधि सभाका चार सिटमा २३ जनाको उम्मेद्वारी परेको छ।
अाइतबार बैतडीमा मनाेयन दर्ताकाे दृश्य।

धनगढी, कात्तिक ५– पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि ७ नम्बर प्रदेशमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ।
 
पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरु दार्चुला, बझाङ, बाजुरा र बैैतडीमा आइतबार विहान १० बजेदेखि साझ ६ बजेसम्म शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले जानकारी दिएका छन्। 

आज उम्मेदबारी दर्ता भएकाहरुको प्रथम पटक नामावली प्रकाशन आजै बेलुका ६ बजे नै गरिएको छ।
  
आठ सिटमा ४० तथा चार सिटमा २३ को उम्मेद्वारी 
पहिलो चरण अन्तर्गत मसिर १० गते चुनाव हुने ७ नम्बर प्रदेशका चार जिल्लामा ६३ जनाको उम्मेद्वारी परेको छ।  प्रदेशसभाका आठ सिटमा ४० जनाको उम्मेद्वारी परेको छ भने प्रतिनिधि सभाका चार सिटमा २३ जनाको उम्मेद्वारी परेको छ।

एमाले र माओवादी वामपन्थी गठबन्धन बानएर चुनाव लडेका छन भने काग्रेस, नयाशक्ति पार्टी, राप्रपा लगायतका अन्य दल एक्लाएक्लै चुनाव लडेका छन्।   प्रतिनिधि सभाका लागि बाजुरामा ३, दार्चुलामा ५, बैतडीमा ६ र बझाङमा ९ जनाको उम्मेद्वारी परेको छ ।

त्यस्तै, प्रदेश सभाका लागि बाजुरामा १०, दार्चुलामा १०, बैतडीमा ७ र बझाङमा १३ जनाको उम्मेद्वारी परेको जनाइएको छ। 


पहिलो चरण अन्तर्गत निर्वाचन हुने ४ वटै जिल्लामा एमालेका उम्मेद्वार सर्वसम्मत गरेको वामपन्थी गठबन्धनबाट दार्चुलामा गणेशसिंह ठगुन्ना, बझाङमा भैरव बहादुर सिह, बाजुरामा लालबहादुर थापा र बैतडीमा दामोदर भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन्। 

एक्लै चुनावी मैदानमा उत्रेको काग्रेसबाट दार्चुलामा विक्रम सिह, बझाङमा पृथ्वीबहादुर सिंह, बाजुरामा कविराज पण्डित र बैतडीमा नर बहादुर चन्दले उम्मेद्वारी दर्ता गराएका छन्।

यस्तै, प्रदेश सभामा समेत गठबन्धन बनाएका एमाले र माओवादीले दार्चुला ‘क’ बाट एमालेका गेल्वुसिह बोहरा र ‘ख’ बाट मिनबहादुर धामीलाई तथा काग्रेसले ‘क’ बाट जगदीश पाल र ‘ख’ बाट मदन गिरिलाई उम्मेद्वार बनाएको छ। 

वामपन्थी गठबन्धनबाट बझाङ ‘क’ मा एमालेका अर्जुन थापा ‘ख’ मा माओवादी केन्द्रकी देवी मल्लले उम्मेद्वारी दर्ता गराएका छन्।  काग्रेसबाट बझाङ ‘क’ मा चन्द्रदेवी जोशी तथा ‘ख’ मा नरेशबहादुर सिंहले उम्मेद्वारी दर्ता गराएका छन्।  
 
वामपन्थी गठबन्धनबाट बाजुरा क मा एमालेका बलदेव जोशी, ख मा प्रकाश शाह तथा काग्रेसबाट क मा जनक गिरि तथा ख मा पदम बहादुर शाहीले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी शुभ्रदा गौतमले जानकारी दिए।
 
बैतडीमा वामपन्थी गठबन्धनबाट क मा माओवादीका केशव बहादुर भट्ट, ख मा एमालेका लिलाधर भट्टले उम्मेद्वारी दर्ता गराएका छन् भने बैतडी ख मा काग्रेसका हरिमोहन भण्डारीले उम्मेद्वारी दर्ता गराएको छ। 

बैेतडीमा ख मा भने काग्रेसले राप्रपालाई सघाएको छ। यसका साथै नया शक्ति पार्टीले पनि ४ वटै जिल्लाका अधिकाश निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गराएको छ।  राष्ट्रिय जनमोर्चा, विवेकशिल पार्टी लगायतका साना दलहरुले पनि उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएका छन्। 

विवेकशीलका चार उम्मेद्वार
विवेकशील साझा पार्टीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश नम्बर ७ मा ४ जनाको उम्मेद्वारी दर्ता गराएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालय खुलेलगत्तै उल्लासमय वातावरणमा उम्मेदवारी दर्ता गराएको सो विवेकशील साझा पार्टीले जनाएको छ। 


प्रतिनिधि सभा निर्वाचनका लागि वैतडीमा नारायण अवस्थी र बझाङमा मिनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।  त्यस्तै, प्रदेश सभाका लागि मोहनबहादुर सिंहले  बझाङ १ (क) बाट तथा रवीन्द्रबहादुर बमले बझाङ–१ (ख) बाट उक्कृद्वारी दर्ता गराएका  छन्। 

७ नम्बर प्रदेशका ४ जिल्लाका प्रतिनिधि सभा सदस्यतर्फ ४ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ८ वटा निर्वाचन क्षेत्रमा मसिर १० गते पहिलो चरणमा निर्वाचन हुनेछ।
 
४ जिल्लामा ४ लाख बढी मतदाता
प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ७ नम्बर प्रदेशमा १४ लाख ३५ हजार ६ सय ७१ मतदाता रहेको पहिलो चरणमा निर्वाचन हुने जिल्लामा ४ लाख २२ हजार ७ सय ३८ मतदाता रहेका छन्। 

बाजुरामा ६९ हजार ८ सय, बझाङमा १ लाख ४ हजार २ सय ७५, दार्चुलामा ७८ हजार ५ सय १२ र बैतडीमा १ लाख ३२ हजार ३ सय १७ मतदाता रहेका छन्। 

बझाङ, बाजुरा, बैतडी र दार्चुलामा प्रतिनिधि तर्फ एक÷एक तथा प्रदेशसभातर्फ दुई÷दुई निर्वाचन क्षेत्र तोकिएको छ।


 

More form the Internet

loading...