Suvadin, Home

भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म चुनावी दौडमा

 प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेद्धारको मनोनयन दर्ता गर्ने मिति नजिकिँदै गर्दा विवादित अनुहारलाई उम्मेदवारमा सिफारिस गर्न थाले पछि विवाद बढ्दै गएको छ। दलहरुले सिफारिस गरेका उम्मेदवारको सूचीमा गुण्डा नाइकेदेखि अदालतले भ्रष्टचारी ठहर गरेका र विभिन्न मुद्दामा विचाराधिन भएका व्यक्ति समेत परेका छन्। सवैभन्दा ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारका लागि सिफारिस भएका व्यक्तिहरु विवादित पृष्ठभूमिका देखिएका छन्।
कांग्रेस र एमालेबाट प्रदेश र प्रतिनिधिसभाका लागि सिफारिस भएका भ्रष्टाचारी र गुण्डा नाइके।

काठमाडौं, असोज २६ –  प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेद्धारको मनोनयन दर्ता गर्ने मिति नजिकिँदै गर्दा विवादित अनुहारलाई उम्मेदवारमा सिफारिस गर्न थाले पछि विवाद बढ्दै गएको छ।
दलहरुले सिफारिस गरेका उम्मेदवारको सूचीमा गुण्डा नाइकेदेखि अदालतले भ्रष्टचारी ठहर गरेका र विभिन्न मुद्दामा विचाराधिन भएका व्यक्ति समेत परेका छन्। सवैभन्दा ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारका लागि सिफारिस भएका व्यक्तिहरु विवादित पृष्ठभूमिका देखिएका छन्।

नेपाली कांग्रेसले ललितपुरबाट गुण्डा नाइके मिनकृष्ण महर्जन र विवादित छवि भएका रोज राणा अर्थात् सरोज थापालाई जिल्ला कमिटी प्यूठानले प्रदेशसभाको उम्मेद्धारका लागि सिफारिस गरेको छ।

त्यस्तै भ्रष्टाचारको मुद्दामा जेल सजाय भोगिसकेका र संविधानले समेत उम्मेद्धारका लागि अयोग्य ठहराएको खुमबहादुर खड्कालाई नेपाली कांग्रेस दाङले प्रतिनिधि सभामा क्षेत्र नम्बर–१ का लागि सिफारिस गरेको छ।

कांग्रेसले योग्य सम्झिएको अर्का विवादित नेता हुन् गोविन्दराज जोशी। उनी भ्रष्टाचारको मुद्दामा सर्वोच्चको फैसलाको पालो कुरेर बसेका छन् । उनलाई तनहुँ–१ का लागि सिफारिस गरिएको छ।

यस्तै नेकपा एमालेले पनि विवादित छवि भएका गुण्डा नाइके दीपक मनाङ्गेलाई मनाङबाट प्रदेशसभा चुनावका लागि सिफारिस गरेको छ।

मनाङ्गे विरुद्ध बिशेष अदालतमा सम्पति शुद्धिकरण सम्बन्धि मुद्दा छ। एमाले धनुषाले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार सम्बन्धी छुट्टाछुट्टै मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बैकल्पिक पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद योगनारायण यादवको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारमा सिफारिस छ। यद्यपी नेताहरुले भने विवादित छवि भएका व्यक्तिहरु छनोटमा नपर्ने दावी गरेका छन्।


 

More form the Internet

loading...