Suvadin, Home

प्रदेश र संघकाे चुनाव
माओवादी केन्द्रद्वारा उम्मेदवार सिफारिस, नारायणकाजी गोरखा–२ बाट

मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ। 
माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ।

गोरखा, असोज ६ –मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ। 

गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन्। दुई क्षेत्रमा दुई–दुई वटा गरी चारवटा प्रदेश निर्वाचन क्षेत्र छ। त्यसमध्ये समानुपातिक प्रणाली पनि कायमै छ। गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेताहरु हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम प्रस्ताव गरिएको छ। 

यस्तै, समानुपातिकतर्फ नेताहरु परशुराम रम्तेल, जगन्नाथ खनाल तथा सहरी विकास राज्यमन्त्रीसमेत रहेका छमबहादुर गुरुङको नाम प्रस्ताव गरिएको माओवादी केन्द्रले जनाएको छ। 

प्रतिनिधिसभाकै क्षेत्र नं २ को प्रत्यक्षतर्फ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरेको र समानुपातिकतर्फ खोपबहादुर कँडेलको मात्रै नाम प्रस्तावित छ। 

यस्तै, माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं १ को प्रदेश नं १ को प्रत्यक्षतर्फ नेताहरु लेखबहादुर थापा, माया चेपाङ, जानुका पौडेल र समानुपातिकतर्फ हितमान सुर्खेती, अकुर तिमिल्सिना, गीता गहतराज, डिलबहादुर सेन्चुरीको नाम प्रस्ताव गरेको छ। रासस


 

More form the Internet

loading...