Suvadin, Home

पतरौता नपाको प्रमुखमा फोरम, उपप्रमुखमा राजपा

पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित हासिल गरेकाे छ। संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी भएकाे प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिए।
संघीय समाजवादी फोरमकाे झण्डा।

कलैया, असोज ६ – पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित हासिल गरेकाे छ। संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी भएकाे प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिए।

उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ता रहेका छन्। उनले दुई हजार ५ सय ३७ मत प्राप्त गरेका छन्। 
त्यसैगरी उपप्रमुखमा राजपा नेपालकी इन्दुकुमारी साह विजयी भएकी छिन्।

उनले दुई हजार ५ सय ४६ मत प्राप्त गरेकी छन् भने संघीय समाजवादी फोरम नेपालकी ललिता कुमारीले दुई हजार ५ सय ९ मत प्राप्त गरेकी छिन्।

त्यसैगरी निजगढ नगरपालिकामा नेपाली कांग्रेसका सुरेशकुमार खनाल सात हजार ६ सय ४८ प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी नेकपा एमालेका यमबहादुर खड्का रहेका थिए।

खड्काले छ हजार ८ सय १८ मत प्राप्त गरेको छ। उपप्रमुखमा भने एमालेकी लीला खनालले ६ हजार ८ सय १२ मत प्राप्त गरि विजयी भएका छिन्।

उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माअ‍ेवादीको गठबन्धनका माओवादीका उपप्रमुख बेनीबहादुर मुक्तानले ६ हजार ३ सय ७६ मत प्राप्त गरेका थियो। १३ वटा वडा रहेको  नगरपालिकामा एमाले आठ वडा र नेपाली कांग्रेसले पाँच वडा जितेको प्रमुख निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिए।


 

More form the Internet

loading...