Suvadin, Home
Bridge Water

गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट रिजाल लड्ने 

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आजीवन चुनाव लडेको मोरङको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजाल उठ्ने भएका छन्।
कांग्रेस नेता मिनेन्द्र रिजाल।

काठमाडौं, असोज २६ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला आजीवन चुनाव लडेको मोरङको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजाल उठ्ने भएका छन्।

विराटनगर रंगेलीदेखि दक्षिणपूर्वका गाउँ हुँदै झापाको सीमासम्म जोडिएको यो क्षेत्र मोरङ निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ।

कोइरालाले २०४८, २०५१ र २०५६ मा मोरङ क्षेत्र नम्बर–१ र सुनसरी– ५ बाट चुनाव लडेका थिए। ती दुबै क्षेत्रमा उनी तीनै पटक विजयी भएका थिए।

यसपालि उक्त क्षेत्रबाट गिरिजाप्रसादकी पुत्री सुजाता कोइराला चुनाव लड्ने चर्चा थियो। तर रिजाल भने प्रतिनिधि सभा सदस्यका लागि मोरङ–२ र ४ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन्।