Suvadin, Home

मन्त्रिपरिषदको निर्णय
प्रदेश र संसदको निर्वाचन एकैसाथ मंसिर १० मा

सरकारले संघीय संसद र प्रदेशको निर्वाचन एकै पटक मंसिर १० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुवै निर्वाचन मंसिर १० गते एकसाथ गर्ने निर्णय गरेको हो। 
मन्त्रिपरिषद बैठक।

काठमाडाैं, भदाै ५–सरकारले संघीय संसद र प्रदेशको निर्वाचन एकै पटक मंसिर १० गते गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुवै निर्वाचन मंसिर १० गते एकसाथ गर्ने निर्णय गरेको हो। 

केही दिन अघि बसेको तीन दलको बैठकले दुबै निर्वाचन एकै चरणमा गर्ने सहमति गरेअनुरुप सरकारले निर्वाचनको मिति तोकेको हो।

सरकारका प्रवक्ता एवम् सूचना तथा मन्त्री मोहनबहादुर बस्नेतले  मंसिर १० गते दुवै तहको निर्वाचन गर्ने भनेर सहमति भएको र निर्वाचन आयोगलाई पत्राचार गरिने जानकारी दिए।

यसैगरी, मन्त्रिपरिषद बैठकले संविधान संशाेधन विधेयक निर्णयार्थ सदनमा प्रस्तुत गर्ने निर्णय पनि गरेकाे छ।


 

More form the Internet

loading...