Suvadin, Home

बेलायतद्वारा इयु छाड्ने प्रक्रियाको औपचारिक थालनी

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले ब्रिटेनले युरोपेली युनियन छाड्ने प्रक्रियाको औपचारिक थालनी गर्ने गरी बनाइएको पत्रमा हस्ताक्षर गरेकी छन्। ब्रेक्जिट सम्बन्धी उक्त पत्र युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कलाई बुधबार हस्तान्तरण गरिनेछ।

काठमाडौं, चैत १६ - ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले ब्रिटेनले युरोपेली युनियन छाड्ने प्रक्रियाको औपचारिक थालनी गर्ने गरी बनाइएको पत्रमा हस्ताक्षर गरेकी छन्। ब्रेक्जिट सम्बन्धी उक्त पत्र युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कलाई बुधबार हस्तान्तरण गरिनेछ।

पत्र हस्तान्तरणपश्चात ब्रिटेनको इयुसँग रहेको ४० वर्ष लामो सम्बन्ध तोडिने सन्दर्भमा सर्तहरुबारे दुई वर्ष लामो छलफल सुरू हुनेछ।

युरोपेली युनियनसम्बन्धी लिस्बन सन्धि अन्तर्गतको धारा ५० बमोजिम दिनुपर्ने सूचनासहितको उक्त पत्र बुधबार युरोपेली परिषदका अध्यक्ष समक्ष बुझाइनेछ। इयुका निम्ति ब्रिटिश राजदूतले सो पत्र बुझाउने बिबिसीले जनाएकाे छ।

लगत्तै प्रधानमन्त्री मेले सांसदहरु समक्ष इयुबाट ब्रिटेन अलग्गिने प्रक्रियाको औपचारिक शुरूवातबारे बताउनेछिन्। गत जुनमा भएको जनमत संग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि ब्रिटेनको इयुसँगको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो।

सो प्रक्रिया अन्तर्गत इयुबाट छुट्टिने सर्तहरुबारेका लामा छलफलका दौरान आफूले संयुक्त अधिराज्यमा रहेका हरेक व्यक्तिको अधिकार सुरक्षाका निम्ति लागिपर्ने उनले बताउनेछिन्। 

गत जुनमा भएको जनमत संग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि ब्रिटेनको इयुसंगको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो।

धारा ५० क्रियाशिल भएपछि अब एप्रिल २९ तारिख ब्रिटेनबाहेकका युरोपेली शीर्ष नेताहरुको शिखर सम्मेलनले युरोपेली आयोगलाई ब्रिटेनसंग अलग्गिने शर्तबारे वार्ता थाल्न जिम्मेवारी र अधिकार दिनेछ।

मे महिनामा आयोगले सो आदेश अनुसार वार्ताका निम्ति निर्देशिका जारी गर्नेछ भने मे वा जुन महिनाबाट औपचारिक वार्ता सुरू हुनेछ।

मंगलबार राति ब्रिटिश प्रधानमन्त्री मे ले युरोपेली परिषदका अध्यक्ष टुस्क, युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यङ्कर तथा जर्मन चान्सलर एंगेला मर्कलसँग धारा ५० क्रियाशिल गर्न लागेकोबारे कुराकानी गरेकाे बीबीसीले उल्लेख गरेकाे छ। 


 

More form the Internet

loading...