Suvadin, Home

सरकारी गाडीमा आगजनी गर्ने नेविसंघका ५ नेता पक्राउ

पोखरा महानगरपालिकाको गाडी जलाएको आरोपमा नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला–ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल पक्राउ परेका हुन्।

पोखरा, १९ माघ – सरकारी गाडीमा आगजनी गरेको आरोपमा नेविसंघ सम्बद्ध पाँच विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

पोखरा महानगरपालिकाको गाडी जलाएको आरोपमा नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला–ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल पक्राउ परेका हुन्।

नेवि संघले शनिबार विहान महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा पोखरा ७ मासबारमास्थित घरेलु कार्यालय नजिक आगजनी गरेको थियो।

नेवि संघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न देशैभर सरकारी गाडी रोक्ने अभियान चलाएको थियो।

बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले जलाइएको नेवि संघ कास्कीका नेता सरोज केसीले बताए। गाडीमा रहेका मानिसहरुलाई भने झारिएको थियो। 


 

More form the Internet

loading...