Suvadin, Home

चुनावी खर्च विवरण बुझाउदै माओवादी अध्यक्ष प्रचण्ड

अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य हुन्। पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी मार्फत प्रचण्डले चुनावी खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिएका हुन्।

काठमाडौं, ३ माघ – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा  चितवनमा ९ लाख ९४ हजार ५ सय ४२ खर्च भएको विवरण पेस गरेका छन्।

अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य हुन्। पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी मार्फत प्रचण्डले चुनावी खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च ९ लाख ३९ हजार ९ सय ४० रूपैयाँ पेस भएको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका ३ निर्वाचन क्षेत्रमा कूल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेस गरेको जानकारी ढकालले दिए।

खर्च विवरण पेस नगर्नेमा साना दलका उम्मेदवार छन्। प्रतिनिधि सभा निर्वाचनमा एक उम्मेदवारले बढीमा २५ लाख रूपैयाँ र प्रदेश सभा सदस्यका उम्मेदवारले १५ लाख रूपैयाँसम्म खर्च गर्न पाउने नियम छ।


 

More form the Internet

loading...