Suvadin, Home

तामिलताडूका मुख्यमन्त्री जयललिताको निधन

photo : http://www.devbhoomimedia.com/


नयाँदिल्ली,  मङ्सिर २१
 भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयललिताको  ६८ बर्षको उमेरमा सोमबार निधन भएको छ  । 

गत सेप्टेम्बर २२ देखि नै ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना भएकी  जयललितालाई आइतबार हृदयघात भएको थियो । हृदयघातको कारण उनको अवस्था गम्भीर भएपछि उनलाई अलेपो अस्पतालको सघन उपचार केन्द्रमा सारिएको थियो । हृदयघातपछि  शल्यक्रिया गरिए पनि उनको अवस्थामा सुधार भएन । अन्त सोमबार राति नै उनको निधन भएको हो । 

जयललिताले १३ बर्षको उमेरबाट चलचित्रमा अभिनय गर्न सुरु गरेकी थिइन उनी चलचित्रका नायिका लगायत सफल भूमिकापछि राजनीतिमा प्रवेश गरेकी  तामिल भाषाबाट बनाइएका करिब १५० वटा चलचित्रमा अभिनय गरेकी छन् । 

जयललिताको निधनपछि तामिल नाडू राज्यमा सात दिनको शोकको घोषणा गरिएको छ भने बिद्यालय र विश्वबिद्यालयमा तीन दिन विदाको घोषणा गरिएको छ ।
उनको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख व्यक्त गरेका छन् । 
                                                                                                                                      एपी 


 

More form the Internet

loading...