Suvadin, Home

कांग्रेस केन्द्रीय बैठक जारी, संसदीय दलकाे विधान अनुमाेदन गर्ने, नेता चयनकाे प्रक्रिया शुरू हुने

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने छ। 'मुख्य रूपमा संसदीय दलकाे विधान अनुमाेदन गर्ने र संसदीय दलकाे नेता चयनका लागि प्रक्रिया शुरू हुने छ,' प्रवक्ता शर्माले भने, 'यसपछि बस्ने अर्काे बैठकले पार्टी पराजयकाे गम्भीर समीक्षा गर्ने छ।'

काठमाडौं, फागुन १३ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीकाे संसदीय दलको विधान–२०७४ अनुमोदन गर्ने भएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने छ। 

'मुख्य रूपमा संसदीय दलकाे विधान अनुमाेदन गर्ने र संसदीय दलकाे नेता चयनका लागि प्रक्रिया शुरू हुने छ,' प्रवक्ता शर्माले भने, 'यसपछि बस्ने अर्काे बैठकले पार्टी पराजयकाे गम्भीर समीक्षा गर्ने छ। 

बैठकमा प्रवक्ता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्मासँगै सीता गुरूङ, रमेश लेखक, मीन विश्वकर्मा, धनराज गुरूङ, धनराज गुरूङ, अर्जुननरसिंह केसी, चिनकाजी श्रेष्ठ, कुमार खड्का, पुष्पा भूषाल, नवीन्द्रराज जाेशी, दिलेन्द्रप्रसाद बडु, राजकृष्ण यादव, डा. रामशरण महत, अानन्दप्रसाद ढुंगाना लगायतले धारणा राखिसकेका छन्। 

कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो। 

नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिका अनुसार कांग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गर्न लागेको जनाएको छ। यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ।


 

More form the Internet

loading...