Suvadin, Home

देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन चाहेका छौंः ओली

प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताएका छन्। ‘अधिकार पनि चाहिन्छ, तर कर्तव्य पालना पनि आवश्यक हुन्छ,’ उनले भने। ओलीले तीन तहका सरकार र राजनीतिक संरचना तयार गरे पनि अन्य कुराको व्यवस्थापन गर्न समय लागेको बताएका छन्। उनले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यान्वयनमा ध्यान दिइने बताएका छन्।
प्रतिवेदन ग्रहण गर्दै अोली।

काठमाडौं, ३१ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारले देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन चाहेको बताएका छन्। अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिको प्रतिवेदन ग्रहण गर्दै ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताएका छन्। ‘अधिकार पनि चाहिन्छ, तर कर्तव्य पालना पनि आवश्यक हुन्छ,’ उनले भने। 

ओलीले तीन तहका सरकार र राजनीतिक संरचना तयार गरे पनि अन्य कुराको व्यवस्थापन गर्न समय लागेको बताएका छन्। उनले समितिले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यान्वयनमा ध्यान दिइने बताएका छन्।

प्रतिवेदन बुझाउन उच्चस्तरीय निर्देशक समितिका सदस्य राजेन्द्रप्रसाद पाण्डे कार्यान्वयन सहजीकरण समितिका संयोजक काशीराज दाहाल, सदस्यहरु मधुरमण आचार्य, माधवप्रसाद रेग्मी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलीया लगायत सहभागी भएका थिए।


 

More form the Internet

loading...