Suvadin, Home

राेल्पाका स्थानिय तहमा महिलाकाे राेचक भिडन्त

असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाबाट तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसरी प्रमुख पदमा प्रतिस्पर्धा गनहरुमा रोल्पा नगरपालिकाबाट नेकपा (एमाले)की मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाकी मनकुमारी घर्ती र सुकिदह गाउँपालिकाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी निर्मला राना छन् । 
राेल्पाका महिलाहरू।

रोल्पा, जेठ २१  - असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाबाट तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसरी प्रमुख पदमा प्रतिस्पर्धा गनहरुमा रोल्पा नगरपालिकाबाट नेकपा (एमाले)की मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाकी मनकुमारी घर्ती र सुकिदह गाउँपालिकाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीकी निर्मला राना छन् । 

जिल्लाका अन्य सात स्थानीय तहमा भने पुरुषको मात्र एकल प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका दशवटा स्थानीय तहमध्ये उपप्रमुख पदाका लागि रोल्पा नगरपालिकाबाट नेपाली काँग्रेसले मिश्री हमाललाई उम्मेदवार बनाएको छ भने नेकपा (माओवादी केन्द्र)ले मनकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ । यसैगरी, राष्ट्रिय जनमोर्चाले विन्दाकुमारी शर्मालाई र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले लालकुमारी खड्कालाई उम्मेदवार वनाउने भएको छ । 

जिल्लाको लुङ्ग्री गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट भीमकली बुढाथोकी एमालेबाट नमकली बानिया, माओवादीबाट मखना घर्तीमगर राष्ट्रिय जनमोर्चाबाट शान्ति पुन र एकीकृत राप्रपा राष्ट्रवादीबाट सीता घर्तीको नाम सार्वजनिक गरेको छ । 

सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट कविता उपाध्याय एमालेबाट रीता विष्ट क्षेत्रीलाई र माओवादीले बागमती थापालाई अघि सारेको छ ।

सुनछहरी गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसले सरु पुनलाई, एमालेले कर्मा रोकामगरलाई माओवादीबाट पवित्रा घर्तीमगरलाई चयन गरेको छ । दुईखोली गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसबाट लक्ष्मी डाँगी एमालेबाट कमला रोका र माओवादीबाट हितकुमारी बुढालाई अघि सारेको छ ।

पितृसत्तात्मक सोचका कारण स्थानीय तह निर्वाचनको प्रमुख पदमा महिलालाई अवसर निकै कम दिइएको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष तीर्था आचार्यले बताइन्। महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने सोचकै कारण महिलालाई उपप्रमुखमा उठाइएको उनले बताइन। रासस


 

More form the Internet

loading...