Suvadin, Home

नेपालमा छिट्टै राज संंस्था पुनःस्थापना हुने शिव सेना अध्यक्ष बस्नेतको दावी

झापा,चैत्र १४ शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपालमा राज संंस्था छिट्टै पुनःस्थापना हुने दावी गरेका छन् । मोरंगको पथरीमा एक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो दावी गरे । उनले भने, - जनता भन्दा शक्तिशाली कोही हुँदैन,जनता नै सबै भन्दा ठूलो शक्ति हो । जनताकै चाहाना राजा ल्याउने छ । अब छिट्टै राज संस्था स्थापना हुन्छ । वहाँले मुलुक बचाउन पनि राज संस्था आबश्यक छ भन्ने जनताले बुझिसकेको पनि धारणा राखे ।

अध्यक्ष बस्नेतले नेताहरु पैसामा विक्री भएका कारण राज संस्था हटेको भन्दै पैसामा विक्ने बाहेकका सबै देशभक्त नेपालीहरु राजा ल्याउन लागि परेको पनि दावी गरे  ।  उनले भने,- हामीले त १२ बर्ष अघि देखी नै मुलुक बचाउन राज संस्था चाहिन्छ भनेका थियौ । अहिले १२ बर्ष पछि त्यो प्रमाणित पनि भएको छ ।

हालको राजाको भ्रमणमा जनताको उपस्थिति र अभिव्यक्तिले पनि त्यो देखाएको उनकाे  तर्क छ । उनले  राज संस्थाले मात्र देश र धर्म बचाउने दावी समेत गरे । त्यस्तै अध्यक्ष बस्नेतले शिव सेना हिन्दु राष्ट्र र राज संस्था स्थापनाका लागि जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए । 


 

More form the Internet

loading...