Suvadin, Home

Cover Image

डा. केसीको समर्थनमा प्रदर्शन, सम्झौता लागू गर्न माग

१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकको प्रतिवेदन पारित भएपछि गत बुधबार डा. केसीले इलाममा १६औँ अनशन शुरु गरेका थिए।

काठमाडौं, २८ पुस - डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकको प्रतिवेदन पारित भएपछि गत बुधबार डा. केसीले इलाममा १६औँ अनशन शुरु गरेका थिए।

१६औँ चरणको अनशनमा बसेका डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो।

मेडिकल क्षेत्रमा भएको लुटतन्त्र बन्द गर, ओली सरकारको मन्त्र नागरिकलाई झुटतन्त्रलगायत नारा लगाउँदै डा. केसीका समर्थनमा सरकारको निर्णयविरुद्ध प्रदर्शन भएको छ।

समथर्कहरूले सरकारले डा. केसीसंग गरेका सम्पूर्ण सम्झौता लागू गर्न माग गरेका छन्।


 

More form the Internet

loading...