Suvadin, Home

सरकार फासिस्ट हुँदै गएको छ : कांग्रेस नेता थापा

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दिनदहाडै ज्यान लिनेगरी आक्रमण गर्नु सरकारको फासिस्ट शैली भएको दाबी समेत गरेका छन् । थापाले भने ‘सरकार कानुन बनाएर स्वतन्त्रता खोस्दैछ । चितवन घटना सरकार फासिस्ट हुँदै गएको संकेत हो ।’

‘को व्यक्ति को पात्र नहेरौं । तर अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिनदहाडै ज्यान लिने गरी जाइलाग्छन् सरकारका समर्थकहरु भन्दै उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताए ।

यसरी यो घटनापछि सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ’ उनले भने ।


 

More form the Internet

loading...