Suvadin, Home

गगन थापा भन्छन्,
‘कसैले लखेटेर लखेटिने मेराे त्यति कमजोर हैसियत हैन’

 'कपनबाट लखेट्औ भन्ने प्रकृतीका समाचार विल्कुल झुठा हुन,' थापाले भने, ‘याे मेराे निर्वाचन क्षेत्र हो, जहाँ अाफूले नेपालभर नै सबैभन्दा बढी मतदान पाएर निर्वाचित भएको हुँ। मैले मेरो ठाउँबाट कसैले लखेटेर लखेटिने मेरो त्यति कमजोर हैसियत है।' 
स्वास्थ्यमन्त्री गगन थापा।

काठमाडाैं, वैशाख ३० - स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुक्रबार बिहान कपनमा अाफूमाथि भएकाे दुर्व्यहारकाे खण्डन गरेका छन्।

फेसबुक लाइभमार्फत् थापाले अाफूलार्इ कपनबाट लखेटिएकाे जस्ता भ्रामक प्रचार गरिएकाे उल्लेख गर्दै त्याे अफवाह मात्र भएकाे स्पष्ट पारे। 'कपनबाट लखेट्औ भन्ने प्रकृतिका समाचार विल्कुल झुठा हुन्, थापाले भने, ‘याे मेराे निर्वाचन क्षेत्र हो, जहाँ अाफूले नेपालभर नै सबैभन्दा बढी मतदान पाएर निर्वाचन भएको हुँ। मैले मेरो ठाउँबाट कसैले लखेटेर लखेटिने मेरो त्यति कमजोर हैसियत है।' 

मन्त्री थापाले अाफू निर्वाचन गराउने जिम्मा लिएको सरकारको एउटा सदस्य रहेका नाताले आफ्नो निर्वाचन गराउने जिम्मेवारी प्रति सचेत रहेकाे र अाफूले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गरेको दाबी गरेका छन्। 

निर्वाचन आयोगले नै निजी सवारीसाधनको प्रयोग गरेर कार्यक्रममा सहभागि हुन छुट दिएपछि मात्रै यसअघि पनि  अाफू कार्यक्रममा सहभागी भएकाे  स्मरण गर्दै थापाले माैन अवधि लागू भएपछि पूर्ण रूपमा पालना गरेकाे बताए।

थापाले भने, ‘पारिवारिक भेटघाट पश्चात सोहीबाटोमा पर्ने पार्टीका स्थानिय साथीको घरमा गएको र केही विषयमा छलफल गरेको थिए।' साथीको घरमा गई सरसल्लाह गर्न पाइने भएकाले यो कुनैपनि कोणबाट निर्वाचन आचारसंहिताको उल्लंघन नभएकाे उनकाे जिकिर छ।

छलफलबाट बाहिरिने क्रममा एमालेका स्थानीय कार्यकता आएर गाडीलाई घेर्दै आचारसंहिताको उल्लघन भएको भन्दै नाराबाजी गरेपछि  परिस्थिति असहज नबनोस् भन्ने अभिप्रायले आफू त्यहाँबाट निस्किएको तर, थुप्रै व्यक्तिले गाडीसँगै मोटरसाइकल कुदाएको, ढुंगा प्रहार गरेको प्रति उनले खेद प्रकट गरे।

'मैले पार्टीका साथीहरुलाई सकेसम्म संयमित राख्नुपर्छ भन्नेमा मेरो ध्यान रह्यो, थापाले भने, ‘यदि कसैलाई आचारसंहिताको पालना नभएको लाग्छ भने निर्वाचन आयोगमा गएर उजुरी दिए हुन्छ, त्यहाँबाट हुने निर्णयलाई आफु सहर्ष स्वीकार्नेछु।' 


 

More form the Internet

loading...