Suvadin, Home

२० वर्ष अघिका उपमेयर पाण्डेय बने उपमहानगरको मेयर

घनश्याम पाण्डेय २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनबाट दाङस्थित तुलसीपुर उपमहानगरको मेयरमा निर्वाचित भएका छन्। तत्कालिन स्थानीय निर्वाचनमा उनी तत्कालिन तुलसीपुर नगरपालिकाको मेयर बनेका थिए। तर, उनलाई मेयर बन्न झण्डै २० वर्ष कुर्नु पर्यो। जुन सपना बिहीबार पूरा भएको छ।  पाण्डेय २३ वर्षकै उमेरमा उपमेयर बनेका थिए।
तुलसीपुर उपमहानगरका मेयर र उपमेयर।

काठमाडाैं, असार २२–घनश्याम पाण्डेय २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनबाट दाङस्थित तुलसीपुर उपमहानगरको मेयरमा निर्वाचित भएका छन्।

तत्कालिन स्थानीय निर्वाचनमा उनी तत्कालिन तुलसीपुर नगरपालिकाको मेयर बनेका थिए। तर, उनलाई मेयर बन्न झण्डै २० वर्ष कुर्नु पर्यो। जुन सपना बिहीबार पूरा भएको छ।  पाण्डेय २३ वर्षकै उमेरमा उपमेयर बनेका थिए।

पाण्डे कांग्रेसका उम्मेदवार पूर्वसांसद गेहेन्द्र गिरीलाई तीन हजार नौ सय ५४ मत अन्तरले हराउदै मेयरमा निर्वाचित भएका हुन्।  पाण्डेले २२ हजार आठ सय ५७ मत ल्याउदा गिरीले १८ हजार नौ सय तीन मत मात्र प्राप्त गरे।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वासनका  २०५९ सालसम्म उपमेयर बनेका थिए। उपमेयरमा पनि  एमालेकी  माया आचार्य विजयी भएकी छिन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी देविका नेपालीले २० हजार एक सय ८५ मत ल्याइन्।


 

More form the Internet

loading...