Suvadin, Home

Cover Image

सरकारका प्रवक्ता बास्कोटाले ७० करोड घुस मागेको खुलासा

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन (घुस) मागेको अडियो सार्जजनिक भएको छ । 

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन (घुस) मागेको अडियो सार्जजनिक भएको छ । 

उनले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो रेकर्ड हाम्राकुरा डटकमलाई प्राप्त भएकोमा उसले सार्वजनिक गरेको हो ।

अडियोको टेलिफोन संवादमा संचार मन्त्री बास्कोटाले खुलेआम कमिसन मागेको सुन्न सकिन्छ । जसमा स्वीस कम्पनीको नेपाली एजेण्ट विजय प्रकाश मिश्र र मन्त्री बास्कोटा बीचको सम्बाद छ।

यस्तो छ हाम्राकुराले छापेको अडियोको सम्बाद 

मन्त्री गोकुल बास्कोटा : ह

विजय प्रकाश मिश्र : सकेसम्म एमओयू गर्नेकी भन्ने हिसावले आउन थालेको छ। तपाइहरुको (कार्यक्रमको बारेमा एम्वेसडरले छुट्टै कुरा गर्न चाहेको छ । 

मन्त्री गोकुल बास्कोटा : ठीक छ ।

विजय प्रकाश मिश्र : त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो । 

मन्त्री गोकुल बास्कोटा : मिलाइदिन्छु । 

विजय प्रकाश मिश्र : त्यसका लागि (कमिसनका लागि) हामी आउट अफ ट्याक जानेकी तपाइले भने अनुसार नै गर्ने लु भन्नुस ।

मन्त्री गोकुल बास्कोटा : अब । क्यापासिटीको कुरा ।

विजय प्रकाश मिश्र : कुरा चाहि मैले राखेको छु उनीहरुलाई ।

मन्त्री गोकुल बास्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने ?

विजय प्रकाश मिश्र : त्यसमा नर्मलमा ।

मन्त्री गोकुल बास्कोटा : उनीहरुले कति निकाल्छनरु ।

विजय प्रकाश मिश्र : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो ।

मन्त्री गोकुल बास्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं ।

विजय प्रकाश मिश्र : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो । बेसचाहि तपाइहको उसमै जाने हो हामी । 

मन्त्री गोकुल बास्कोटा : सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो । मानौ २५ निस्कयो भने कति हुन्छ ?

विजय प्रकाश मिश्र : ७० जति आउलाकी १ आउट अफ ट्याक नजादा ७० जति आउलाकी ।

मन्त्री गोकुल बास्कोटा  : तपाइलाई के गर्छन, छुट्टै गर्छन ?

विजय प्रकाश मिश्र : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत (तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ । 

मन्त्री गोकुल बास्कोटा : त्यो भनेको कति हुन्छ ?

विजय प्रकाश मिश्र : ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने । हामीले पनि त अलि अलि राख्नुपर्‍योनी। आउट अफ ट्याक गइयो भने ।

मन्त्री गोकुल बास्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छनी ?

विजय प्रकाश मिश्र : त्यो कुरा तपाई गर्नुस ।

मन्त्री गोकुल बास्कोटा : एउटा के नगर्नुस भने यी मु... कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने यिनले हेप्छन । त्यसकारण यो कुरामा तपाई आफै लाग्नुस । कुरा बुझ्नुभो ।

विजय प्रकाश मिश्र : त्यसो भए म आफै लाग्छु । उसले त बनाएर राखिसकेको छ।

मन्त्री गोकुल बास्कोटा : त्यो मु...ले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस ।


 

More form the Internet

loading...