Suvadin, Home

Cover Image

सञ्चा‍रमन्त्रीको राजीनामापछि नियमित पत्रकार सम्मेलन नै हुन सकेन

मन्त्रिपरिषद्का निर्णय सार्वजिनक गर्न नियमित रूपमा हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको छ ।  

काठमाडौं । मन्त्रिपरिषद्का निर्णय सार्वजिनक गर्न नियमित रूपमा हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको छ ।  

संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि हरेक बिहीबार हुँदै आएको नियमित पत्रकार सम्मेलन स्थगित हुन पुगेको हो ।

सुरक्षित मुद्रण प्रेस खरिद प्रकरणमा कमिसनका लागि 'बार्गेनिङ' गरेको अडियो बाहिरिएपछि नैनिकताका आधारमा मन्त्री बाँस्कोटाले आज पदबाट राजीनामा दिएका थिए । 

यसअघि मन्त्रिपरिषद्ले गरेका निर्णय हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै आएको थियो । पत्रकार सम्मेलनमा सहभागी हुन मन्त्रालय पुगेका पत्रकारलाई विशेष कारणले आजको पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराइएको छ ।


 

More form the Internet

loading...