Suvadin, Home

Cover Image

नैतिकताको आधारमा राजीनामा दिएँ : सञ्चारमन्त्री

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। उनले राजीनामा दिँदै नैतिकताको आधारमा राजीनामा गरेको बताएका छन् । 

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। उनले राजीनामा दिँदै नैतिकताको आधारमा राजीनामा गरेको बताएका छन् । 

केही बेरअघि ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएको जानकारी गराएका छन् । ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु, धन्यवाद’, उनले ट्विट गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री  बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको थियो ।
 


 

More form the Internet

loading...