Suvadin, Home

निर्वाचन अपडेटः
गाेरखा–२ मा डा. बाबुराम भट्टरार्इकाे अग्रता कायमै

नयाँ शक्ति पार्टीका संयाेजक एवम् लाेकतान्त्रिक गठबन्धनका गाेरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टरार्इ ८ हजार ७ सय ९५ मत प्राप्त भएकाे छ। भट्टरार्इलार्इ माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ ७ हजार २ सय १९ मतका साथ पछ्याइरहेका छन्।

गोरखा, २२ मंसिर – नयाँ शक्ति पार्टीका संयाेजक एवम् लाेकतान्त्रिक गठबन्धनका गाेरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टरार्इ ८ हजार ७ सय ९५ मत प्राप्त भएकाे छ। भट्टरार्इलार्इ माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ ७ हजार २ सय १९ मतका साथ पछ्याइरहेका छन्। अहिलेसम्म १५ हजारभन्दा धेरै मत गणना भइसकेका छ।

गोरखा २ ‘क’ प्रदेशमा माओवादीकी कमला नहर्की ४३७५ मत ल्याएका छन्। नयाँ शक्तिका नेता हरिशरण आचार्य ४७४० मत ल्याएर अघि छन्। अहिलेसम्म यहाँ नौ हजार ६७१ मतगणना भएको छ। 

यस्तै गोरखा २ ख प्रदेशसभामा कांग्रेसका प्रकाशचन्द्र दवाडी ४,२७६ मत ल्याएका छन्। माओवादीका अमर तमु ३,४३३ मत ल्याएका छन्। यहाँ ८,२४७ मत गणना भएको छ। मतगणना कार्य सुस्तगतिमा अघि बढेको छ। मतगणना गरिएको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। 

गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन्। 

बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र कांग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहेका छन्।अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ। 

यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याएका छन्। काँग्रेसका नेता धीरन थापा २,५०७ मत ल्याएका छन्। अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ। 

प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा (एमाले)का नेता रामशरण बस्नेत ३७९२ मतका साथ अघि छन्।कांग्रेस नेता राजेन्द्र बजगार्इ २४२६ मत ल्याएका छन्। अहिलेसम्म ६५५० मत गणना भएको छ।


 

More form the Internet

loading...