Suvadin, Home

नेपालीभाषी पत्रकारकाे साबिती बयान
हाम्रा पुर्खाकाे रगतले लेखिएकाे इतिहास हाे गाेर्खाल्याण्ड

राज्य सरकारले पहाडमा सेना परिचालन गर्याे। जनताले पहाडमा अनिश्चितकालीन बन्दकाे अाह्वान गरे। पानीझरीमा पनि सम्पूर्ण पहाडले तीन शहीदहरूलाई अश्रुपूर्ण बिदाई दियो।  पहाडमा अलपत्र परेका पर्यटकलाई प्रहरीले सिलगढी ओराल्ने काम गर्यो। तर, त्यसअघि अलपत्र परेका पर्यटकहरूलाई उपचार र खानाको व्यवस्था पनि आन्दोलनकारीहरूले नै गरेका थिए। यतिसम्म कि, त्यस क्षेत्रमा तैनाथ सेनाहरूलाई पनि आन्दोलनकारीले फलफूल वितरण गरेका थिए।
गाेर्खाल्याण्डका लागि अान्दाेलनरत भारतका नेपालीभाषी नागरिक।

रूबेन गुरूङ, दार्जीलिङ, साउन १९ –
कार्गिलकाे युद्धमा 
छातीमा गाडिएकाे संगीन निकालेर
गाेली थाप्दै अघि बढ्दा
मैले मेराे देश र जनता सम्झिएँ
मातृभूमि दार्जीलिङ सम्झिएँ 
त्यहाँ हुर्किँदै गरेकाे गाेर्खाल्याण्ड सम्झिएँ।

तर, मलार्इ थाहा छैन।
मेराे भाेटले जितेकाे सरकारले
मलार्इ कहिले सम्झिने हाे।
कि के हाे सरकार ?
रगत दिँदा पनि तिमी अधिकार दिँदैनाैं?
सुरक्षा दिँदा राष्ट्रियता दिँदैनाैं?
कि याे राष्ट्र मेराे हाेइन माेदी सरकार?
उत्तर पाउँ सरकार, उत्तर पाउँ।

हाे, भारतको दार्जीलिङमा गोर्खाल्याण्ड राज्य प्राप्तिकाे अान्दाेलन जारी छ। दार्जीलिङबासीले बन्द र हड्ताल गरेको डेढ महिना पुग्न लागेको छ। यद्यपि, भारतको केन्द्र सरकारले चुर्इसम्म गरेको छैन। एकातर्फ गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनको म्याद सकिएर नयाँ चुनाव गर्नुपर्ने अवस्था अाएकाे छ।

त्यसभन्दा पहिल्यै बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले पहाडी विद्यालयहरूमा बंगला भाषा प्रयोग गरिनु पर्ने आदेश जारी गरिन्। त्यसको विरोधमा पहाडभरि प्रदर्शन शुरू भयो। त्यसैमा छुट्टै राज्य गोर्खाल्यान्डको मुद्दाले पनि चुलिने मौका पायो। जुन मुद्दालाई नेतृत्व दियो, बिमल गुरूङको दल गोर्खा जनमुक्ति मोर्चाले। कालान्तरमा आएर यो आन्दोलन जनताको आन्दोलन बन्यो, जुन आज पनि निरन्तर चलिरहेको छ।

गोर्खाल्याण्ड आन्दोलनकाे पछिल्लाे वृतान्त

मुख्यमन्त्री ममता बेनर्जीले आफ्नो मन्त्रिमण्डलको सभा पहिलोपटक दार्जीलिङमा सन् २०१७ काे जुन १६ मा राखेकी थिइन्। सभा चलिरहेको बेला त्यसको विरोधमा जनता उत्रिए, झडप भयो। त्यतिबेला प्रदर्शनमा उत्रिएका नागरिक र प्रहरी घाइते भए। प्रहरीभ्यानमा आगजनी भयाे। ममताले शान्तिपूर्ण वातावरण फर्किञ्जेल पहाडमा बस्ने बताएकी थिइन्। तर, अवस्था अझै गम्भीर हुने देखेपछि उनलाई कोलकाता फर्किन बाध्य भइन्।

अर्काेदिन, दार्जीलिङको पातलेबासस्थित बिमल गुरूङको घरमा प्रहरीले छापा मारेको प्रतिवादमा सन् २०१७ काे जुन १७ तारिखका दिन 'पातलेबास जाअाैं' पैदलयात्राको आयोजना गरिएको थियो। तर, यो पैदल यात्रालाई प्रहरीले आधा बाटोमा नै रोकिदियो। जुन जरूरी थिएन।

त्यसपछि पैदलयात्रीहरू उत्तेजित भए। उनीहरूले प्रहरीमाथि ढुङ्गा वर्षाउन थाले। प्रहरीलाई निहुँ मात्र चाहिएको थियो। उनीहरूले ढुङ्गाको जवाफमा जनताका छातीमा गोली चलाएर दिए। त्यसैबेला दार्जीलिङअन्तर्गत बिजनबारी क्षेत्रका युवा महेश गुरूङ, बिमल शासङ्कर र सुनिल राईको मृत्यु भयो।

पर्यटकलार्इ खाना, सेनालार्इ फलफूल

यो घटनाले सम्पूर्ण पहाड शोकाकुल बन्यो। तर, राज्य सरकारले पहाडमा सेना परिचालन गर्याे। जनताले पहाडमा अनिश्चितकालीन बन्दकाे अाह्वान गरे। पानीझरीमा पनि सम्पूर्ण पहाडले तीन शहीदहरूलाई अश्रुपूर्ण बिदाई दियो।  पहाडमा अलपत्र परेका पर्यटकलाई प्रहरीले सिलगढी ओराल्ने काम गर्यो।

तर, त्यसअघि अलपत्र परेका पर्यटकहरूलाई उपचार र खानाको व्यवस्था पनि आन्दोलनकारीहरूले नै गरेका थिए। यतिसम्म कि, त्यस क्षेत्रमा तैनाथ सेनाहरूलाई पनि आन्दोलनकारीले फलफूल वितरण गरेका थिए। अनिश्चितकालीन बन्द निरन्तर चलिरहेको थियो। टाढाका विद्यार्थीहरू पनि पहाडबाट घरतर्फ लागिसकेका थिए।

जनताकाे हत्याकाे श्रृंखला

अनिश्चितकालीन बन्द, धर्ना र प्रदर्शन निरन्तर चलिरहेको थियो। तर, सन् २०१७ काे जुलाई ७ तारिखका दिन भारतीय समयअनुसार राति साढे १० बजे आफ्ना भार्इ अचानक बिरामी परेपछि दार्जीलिङको सोनादा निवासी टासी भोटिया औषधि पसल जाँदैथिए।

प्रहरीले रोक्यो, बहस भयो। बहस गरेकाे भन्दै प्रहरीले उनीमाथि नै गोली ठोक्याे। यसविरूद्ध धर्ना र प्रदर्शन गर्दा दार्जीलिङ शहरमा आशबहादुर र सुरज सुन्दासकाे हत्या प्रहरीबाटै भयाे।

त्यतिबेला घाइते भएका आशीष तामाङको जुलाई १८ गते सिलगढीको नर्सिङ होममा निधन भयाे। जुलाई ८ कै दिन दार्जीलिङको सिंहमारीमा प्रहरीले गोली चलाउँदा समीर गुरूङको ज्यान गयो। यसैगरी, जुलाई ८ तारिखकै दिन घाइते भएका अशोक तामाङको ११ जुलाईमा चाेला उठ्याे। 

अान्दाेलनकाे संयाेजनकारी भूमिकाकाे अभाव

यी सबै घटना हुँदै अनिश्चितकालीन बन्द निरन्तर चलिरह्यो। पहाडका सबै पार्टीका मानिसहरू एक भए, सर्वदलीय बैठक भयो, गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी गठन गरियो।

भारतकाे राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा साझा मञ्च अन्तर्गत सबैले धर्ना प्रदर्शन गर्न थाले। भारतभरि नै धर्ना र प्रदर्शन हुन थाल्यो। तर, केन्द्र सरकारले केही बोलेन। न त दार्जीलिङबाट सांसद् हुँदै मन्त्री भएका सुरेन्द्रसिंह आहलुवालिया नै केही बोले।

यता काेअर्डिनेसनले कुनै गतिलो कार्यक्रम जनतालाई दिन सकेन। यो आन्दोलन कुनै पार्टीले नभर्इ जनता आफैले गरेको हुनाले काेअर्डिनेसन कमिटीले जनतालाई मार्गनिर्देशन गर्नुपर्ने देखियाे। आमहड्ताल गर्ने निर्णयलाई पनि फिर्ता लिइयो।  अर्कोतिर जनताले जहाँ जे खुशी लाग्यो, त्यही अनुसारको आन्दोलन गर्न थाले। र, जनअान्दाेलन अहिले पनि जारी छ।

हाम्रो अन्तिम लक्ष्य गोर्खाल्याण्ड हो भनिरहे बीचबीचमा मोर्चाका नेता झिँगेदाउमा दिल्लीमा केन्द्रले बोलाउँछ, विकल्प निस्किन्छ कि भनेर दिल्लीमा नै बसिरहेका छन्। अर्कोतिर दिल्लीमा क्रान्तिकारी मार्क्सवादी कम्यनिष्ट पार्टीका कार्यकर्ताहरूले नेतृत्व गरेको गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिमा गोजमुमोलाई बाइपास गरेर, अरूलाई मात्र समेटेर आन्दोलन चलाइरहे। मोर्चाका समर्थकहरूले त्यहाँको मञ्च भत्काउने प्रयास पनि गरे। त्यसपछि गोसससले भोक हड्ताल शुरू गर्यो।

अा-अाफ्नै दाउ

हाम्रा पुर्खाकाे रगतले लेखिएकाे इतिहास हाे गाेर्खाल्याण्ड। अाज हामी त्यसकै लागि लडिरहेका छाैं। भोकहड्तालको क्रम दिल्ली, कालेबुङ, दार्जीलिङ र भूटान छेउकाे जयगाउमा चलिरहेको छ। जुलाई २७ तारिखका दिन प्रहरीले  शहीद दिवस मनाउन दिएन।

सिलगढी छेउको सुकुनामा २८ तारिखका दिन धर्नाप्रदर्शन गर्दा अजय छेत्री र सोनाम तामाङलाई प्रहरीको गोली लाग्यो। जसमा सोनामको ज्यान गयो भने अजय गम्भीर रुपमा घाइते भएका छन्। यस्तै जयगाउँमा पनि एक जना किशोर घाइते भएका छन्।

आन्दोलन गरेको दुई महिना हुन लाग्यो, गोजमुमो छैटौं अनुसूचीको प्रावधान भएको गोर्खाल्याण्ड स्टेट काउन्सिल स्वीकार गर्न दिल्लीमा धर्नाढुक बसिरहेको छ कि भन्ने राजनीतिक पर्यवेक्षकहरूको भनाइ छ, उसले यस्तो गर्यो भने जनताले उसलाई छोड्ने छैनन्।

यही बीचमा साम्प्रदायिक दंगा भड्काउने समाचार प्रशारण गरेकाे आरोपमा इन्टरनेट बन्दपछि समस्या झेलिरहेका जनतालार्इ सूचना दिने सिलगढीबाट प्रसारित नेपालीभाषाकाे टेलिभिजन च्यानल एबीएनमा बंगाल सरकारकाे गिद्देदृष्टि पर्याे। जुलाई २३ तारिखबाट टेलिभिजनकाे प्रशारण बन्द छ।

तर, जे जसरी भएपनि आन्दोलन जारी छ। जुलाई ३० मा विश्वभरिका गाेर्खाले जुलुस आयोजना गरे। यसैबीच काेअर्डिनेसन कमिटीले दिल्लीमा ७ घन्टासम्म बहस गर्याे। र, यस्ताे निर्णय गर्याे।

१, बन्द जनताले गरेकोले खोलाउने अधिकार जनतालाई नै छ। पहाडबाट अर्धसैनिक बल हटाएर जनताको सम्मान गर्दै गोर्खाल्याण्डको कुरा गर्न केन्द्रले बोलाएपछि बन्द खोल्ने निर्णय भयाे। त्यतिञ्जेल सामूहिक नेतृत्वमा गोर्खाल्याण्डको लागि आन्दोलन चलिरहने छ। 
२, अगस्त १५ मा झण्डा फहराएर राष्ट्रिय गीत मात्र गाउने, अरू कुनै कार्यक्रम नमनाउने। मानव अधिकार हनन् विरूद्ध त्यसदिन विश्वभरि ह्युमन चेन बनाउने।
३, पहाडमा नेटवर्क काटेको विरोध गर्दै सबैले राष्ट्रपतिलाई पोस्टकार्डमा पत्र लेख्ने। अबको आन्दोलन राज्यलाई नछोर्इ केन्द्रसँग मात्र गर्ने। 
४, अगस्त ४ देखि जन्तरमन्तरमा अायाेजित भोकहड्तालमा समितिका नेताहरू पनि सामेल हुने।
५, केन्द्रीय नेताहरूलाई सामूहिक रुपमा भेट गर्ने। 

 


 

More form the Internet

loading...