Suvadin, Home


 दार्जिलिङमा प्रहरीको गोलीबाट एकको मृत्यु 

गोर्खाल्याण्ड राज्यको माग गर्दै दार्जिलिङमा जारी  आन्दोलनको क्रममा शनिबार सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको छ।
दार्जिलिङमा अान्दाेलन।

काठमाडाैं, असार २४–गोर्खाल्याण्ड राज्यको माग गर्दै दार्जिलिङमा जारी  आन्दोलनको क्रममा शनिबार सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको छ।

गोली लागेर तुङसुङका सुरज सुन्दासको मृत्यु भएको  भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  आक्रोशितहरुले प्रहरी पोस्टमा आगो लगाउन थालेपछि प्रहरीले गोली चलाएको जनाइएको छ।

सुरक्षाकर्मीले पछिल्लो पटक आन्दोलनकारीमाथि कडा निगरानी राख्न थालेको छन्। उनीहरुले अस्पताललाई समेत नियन्त्रणमा लिएको आन्दोलनकारीले आरोप लगायका छन्।

 


 

More form the Internet

loading...