Suvadin, Home
Nepal Telecom 939.7k

राष्ट्रपतिद्वारा जलवायु परिवर्तन सम्मेलनको उद्घाटन

वातावरण मन्त्रालयको संयोजनमा गोष्ठी सुरु भएको हो। जैविक विविधता तथा जलवायु परिवर्तनले जीविकोपार्जनमा पारेको असरका बारेमा छलफल हुनेछ। गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति विद्या भण्डारीले जलवायु परिवर्तनका कारण जीविकोपार्जनमा गम्भिर असर परिरहेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दैै लैजान सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन्।
राष्ट्रपति विद्यादेवी भण्डारी।

काठमाडाैं, पुस २६


राजधानीमा मंगलबारबाट जैविक विविधता तथा जलवायु परिवर्तनले जीविकोपार्जनमा पारेको असर सम्बन्धि अन्तराष्ट्रिय गोष्ठी सुरु भएको छ।

वातावरण मन्त्रालयको संयोजनमा गोष्ठी सुरु भएको हो। जैविक विविधता तथा जलवायु परिवर्तनले जीविकोपार्जनमा पारेको असरका बारेमा छलफल हुनेछ। गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति विद्या भण्डारीले जलवायु परिवर्तनका कारण जीविकोपार्जनमा गम्भिर असर परिरहेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दैै लैजान सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन्।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले जीविकोपार्जनमा पारेको असर न्यूनीकरणका लागि नेपालमै अन्तराष्ट्रिय स्तरको गोष्ठी हुनु महत्वपूर्ण कदम भएको पनि उल्लेख गरिन्। उनले विश्वमा खाद्यान्न संकट बढदै जानुमा पनि जलवायु परिवर्तननै मुख्य कारण रहेको पनि औंल्याइन्।

तीन दिनसम्म चल्ने गोष्ठीमा भारत, अमेरिका, अष्ट्रेलियासहितका २२ राष्ट्रका विज्ञहरु सहभागी छन्।

गोष्ठीमा जैविक विविधता र जीविकोपार्जनमा पारेको असर, जलवायु परिवर्तन न्यूनिकरणका लागि नीतिगत व्यवस्था, जलवायु परिवर्तन र जनजीवन लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले जानकारी दिएका छन्। जलवायु परिवर्तनका असर रोक्नका लागि विश्वमा भइरहेका नयाँ नयाँ ज्ञान, अनुभव र सीप पनि गोष्ठीमार्फत् आदानप्रदान हुने विश्वास व्यक्त गरिएको छ।


 

More form the Internet

loading...