Suvadin, Home

दाहाल सरकार धरापमा परेकै हो त ? यस्तो छ, सत्ताको अंकगणित

सैंतिस सांसद रहेको राष्ट्रिय प्रजान्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै दाहाल सरकार धरापमा परेको हो ? भन्ने जिज्ञासा उत्पन्न भएको छ। भने,  प्रधानमन्त्री पुष्पकमल दाहाललाई बहुमत जोगाइराख्न चुनौती पनि बढेको छ।प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता भएपछि कडा आपत्ति जनाएको राप्रपा सोमबार सरकारबाट बाहिरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल।

काठमाडाैं, वैशाख १९-  सैंतिस सांसद रहेको राष्ट्रिय प्रजान्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै दाहाल सरकार धरापमा परेको हो ? भन्ने जिज्ञासा उत्पन्न भएको छ।

भने,  प्रधानमन्त्री पुष्पकमल दाहाललाई बहुमत जोगाइराख्न चुनौती पनि बढेको छ।प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता भएपछि कडा आपत्ति जनाएको राप्रपा सोमबार सरकारबाट बाहिरिएको हो।

व्यवस्थापिका संसदमा अहिले पाँच सय ९३ सांसद छन्। सरकार जोगाइराख्न सामान्य बहुमत अर्थात् २ सय ९७ सिट आवश्यक पर्छ। तर, दाहाल सरकार अहिले नै अल्पमतमा भने परिसकेको छैन।  कांग्रेस–माओवादी केन्द्र गठबन्धसँग दुई सय ८८ (क्रमशः दुई सय सात र ८१ सिट) रहेको छ। भने अन्य साना दलको १० सिटको समर्थन पनि दाहाल सरकारलाई रहेको छ।

सरकारमा सहभागी नेकपा संयुक्तको ३ सिट छ, भने एक सिटे कुमार खड्काको अखण्ड नेपाल पार्टी,  प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी पनि छ। हरिचरण साहको नेपाली जनता दल, रामकुमार रार्इको खम्बुवान राष्ट्रिय मोर्चा, लोकमणि ढकालको जनजागरण पार्टी नेपाल र  स्वतन्त्र सांसद चन्द्रेश्वर झाको समर्थन रहे पनि सरकारमा छैनन्।  

अब प्रधानमन्त्री दाहाललाई सरकार टिकाइराख्न साना दलको साथ अनिवार्य त छँदैछ, सरकारलाई समर्थन गरेको विजयकुमार गच्चछार नेतृत्वको १७ (केही दलबीच एकतापश्चात) को साथ जोगाइराख्नुपर्ने देखिन्छ। राप्रपाले सरकार छोडेपछि प्रधानमन्त्री दाहालले सोमबार बेलुका नै गच्छदारलाई डाकेका थिए।

यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलमध्ये राष्ट्रिय जनता पार्टी नेपालसाग २५ सिट छ। संविधान संशोधनको मागलाई मुख्य एजेण्डा बनाउँदै आएका मोर्चा आवद्ध दलको अबको निर्णयले पनि सत्ता समीकरणमा फेरबदल ल्याउन सक्छ।

१५ सिट रहेको संघीय समाजवादी फोरमले भने अहिलेको अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने बताएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता भएपछि विरोध जनाएको फोरमका अध्यक्ष उपेन्द्र यादवले शुभदिनसँग भने, ‘अहिलेको अवस्थामा सरकारलाई समर्थन गर्न सकिँदैन, सरकारमा जाने कुरा टाढाको विषय हो।’ 

प्रमुख प्रतिपक्षी दल एमालेसँग भने एक सय ८१ सांसद छन्।


 

More form the Internet

loading...