Suvadin, Home
Nepal life 2.626M

प्रा. डा. केसी अझै अनशनमै, के गर्दैछन् प्रधानन्यायाधीश पराजुली ?

पराजुली थपिएको नयाँ जिल्ला रुकुम पश्चिममा जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्न पुगेका छन्। शुक्रबार बिहान प्रधानन्यायाधीश पराजुली रुकुम पुगेका हुन्।
प्रा.डा. गाेविन्द केसी। फायल तस्वीर।

काठमाडौं, २८ पुस – सर्वोच्च अदालतको आदेश पछि तारेखमा रिहा भएका प्रा.डा. गोविन्द केसीले आन्दोलन जारी राखेका छन्। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राजीनामा नदिएसम्म अनसन नतोड्ने अडान लिएका छन्।

तर, पराजुली थपिएको नयाँ जिल्ला रुकुम पश्चिममा जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्न पुगेका छन्। शुक्रबार बिहान प्रधानन्यायाधीश पराजुली रुकुम पुगेका हुन्।

पराजुलीसँगै कानुनमन्त्री यज्ञबहादुर थापा, सर्वोच्चका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, कायम मुकायम रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय र न्याय परिषद्का सचिव राजन भट्टराई रुकुम पुगेका हुन्। प्रधानन्यायाधीश पराजुलीसहितको टोली शुक्रबार नै काठमाडौं फर्कने कार्यक्रम रहेकाे छ।


 

More form the Internet

loading...