Suvadin, Home

वीर अस्पतालमा भारी मात्रामा सुरक्षाकर्मी
प्रा.डा. गाेविन्द केसीलार्इ राख्न वीर अस्पतालमै 'हिरासत'!

ब्लडप्रेसर घटेकाे र अदालतभित्र रहँदा नै मुटुको चालमा समस्या आएपछि केसीलार्इ सिधैं वीर अस्पताल लगिएकाे हाे। केसीलार्इ बयान लिनुअघि पनि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म एम्बुलेन्समै राखिएको हाे। 'अस्पतालमा उहाँलाई राखिएको कोठा बाहिर डाक्टरभन्दा बढी पुलिस छन्', कार्कीले भनिन् – 'सरलाई रिँगटा चलेको र दिउँसो छाति दुखेकाे बताउनु भयाे, तर हरहालमा अनशन जारी रहने बताउनु भएकाे छ।'
वीर अस्पतापमा खटिएका सुरक्षाकर्मी।

काठमाडाैं, २५ पुस – अदालतको मानहानी मुद्दामा पक्राउ परेका प्रा.डा. गोविन्द केसी मंगलबार राति वीर अस्पताल लगिएकाे छ। केसीलार्इ बुधबारसम्म हिरासतमै राखिने निर्णय अदालतकाे रहेकाे छ। 

अदालत अवहेलनाकाे अारोपमा पक्राउ परेका केसीलार्इ साेमबार राति सिंहदरबारस्थित हिरासतमा राखिएकाे थियाे।  मंगलबार पनि हिरासतमै राख्ने भनिएपनि उनले स्वास्थ्य अवस्था अनुकूल नभएपछि वीर अस्पताल लगिएकाे हाे।

सर्वोच्च अदालतमा बयान सकिएपछि प्रा.डा. गोविन्द केसीलाई मंगलबार साँझै वीर अस्पताल लगिएको हाे। उनलाई मंगलबार रात वीर अस्पतालमा नै राखिने प्रहरीले जानकारी दिएका छन्। उनलाई क्याबिन नम्बर–९ मा राखिएको छ।

केसीले सोमबार साँझदेखि नै असहज महसुस गरेका थिए। उनलाई अहिले वीर अस्पतालमा विभिन्न परीक्षण गर्न शुरु गरिएको छ।

नेपाल चिकित्सक संघकी महासचिव ताेसिमा कार्कीका अनुसार वीर अस्पतालमा प्रहरी घेराभित्र प्रा.डा. केसीलार्इ राखिएकाे छ। कसैलाई भेट्न नदिइएको र केसीकाे मोबाइल पनि नदिइएको उनले जनाएकी छिन्। 

प्रहरीले डाक्टर केसीलाई अस्पताल ल्याइएको नभएर प्रहरी हिरासत नै वीर अस्पतालमा सारिएको बयान दिएकाे कार्कीले जनाएकी छिन्।

ब्लडप्रेसर घटेकाे र अदालतभित्र रहँदा नै मुटुको चालमा समस्या आएपछि केसीलार्इ सिधैं वीर अस्पताल लगिएकाे हाे। केसीलार्इ बयान लिनुअघि पनि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म एम्बुलेन्समै राखिएको हाे।

'अस्पतालमा उहाँलाई राखिएको कोठा बाहिर डाक्टरभन्दा बढी पुलिस छन्', कार्कीले भनिन् – 'सरलाई रिँगटा चलेको र दिउँसो छाति दुखेकाे बताउनु भयाे, तर हरहालमा अनशन जारी रहने बताउनु भएकाे छ।'

केसीले सबै जनतालाई गुम्राहा बनाइरहेका गोपाल पराजुलीको पर्दाफाश भएको उल्लेख गर्दै अब जनताले एक–एक हिसाब लिने अपेक्षा व्यक्त गरेका महासचिव कार्कीले जनाएकी छिन्।


 

More form the Internet

loading...