Suvadin, Home

विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ 

चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेतालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

विप्लव नेकपाका नेता गुणराज लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पक्राउ परेका लोहनीलाई हाल जिल्ला प्रहरी कार्यालयमै राखिएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।


 

More form the Internet

loading...