Suvadin, Home

Cover Image

सरकार संसद्लाई अटेरी गर्दै हिँडेको छ : कांग्रेस नेता सिंह

‘संसदको लेखा समितिको उपसमितिले दिएको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही हुनुपर्थ्यो’ शुक्रबार नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने, ‘तर यहाँ सरकार संसद्लाई अटेरी गर्दै हिँडेको छ, छुट्टै छानबिन आयोग गठन भएको छ।’

कञ्चनपुर, २७ पुस - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाइडबडी प्रकरणमा सरकार गल्ती ढाकछोपमा लागेको आरोप लगाएका छन्।

संसदीय उपसमितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढाउनुको साटो छानबिन आयोग बनाएर संसद्‍माथिको अविश्वाससँगै गल्ती ढाकछोप गर्ने षड्यन्त्र भएको उनको आरोप छ। 

‘संसदको लेखा समितिको उपसमितिले दिएको प्रतिवेदनअनुसार दोषीमाथि कारबाही हुनुपर्थ्यो’ शुक्रबार नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भने, ‘तर यहाँ सरकार संसद्लाई अटेरी गर्दै हिँडेको छ, छुट्टै छानबिन आयोग गठन भएको छ।’

उनले दुई तिहाइ बहुमतको सरकारका गतिविधि कुनै पनि क्षेत्रमा सन्तोषजनक नरहेको बताएका छन्। उनले एक वर्षसम्म पनि सरकारले प्राथमिकता पहिचान गरेर गति लिन नसकेकाले सबै क्षेत्रमा असन्तुष्टि बढेको बताए।

 ‘दुई तिहाई बहुमतको सरकारले कुनै पनि क्षेत्रमा सन्तोषजनक नतिजा दिन सकेन’ उनले भने, ‘विकास निर्माणदेखि शान्ति सुरक्षा सबै क्षेत्रमा सरकार असफल हुँदैछ।’ उनले अहिले जनताको जीउधनको सुरक्षाको ग्यारेण्टी हुन नसकेको बताए।

निर्मला पन्त घटनामा पनि सरकार संवेदनशील हुन नसकेको उनको आरोप छ। 
 


 

More form the Internet

loading...