Suvadin, Home
Citizen Bank 421.7k

Cover Image

 विप्लव समूह राजनीतिक दल होईन: प्रधानमन्त्री 

विराटनगर, चैत्र ३ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए । 

’जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो–सरकारले चिन्दैन’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको बताए । 

विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह गरे । फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने पनि बताएका छन् । 
 
 


 

More form the Internet

loading...