Suvadin, Home

तीजलाई सिर्जनात्मक बनाउन उपराष्ट्रपतिको आग्रह

हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गरे।राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो रहेको स्पष्ट पार्दै उनले विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन्।

काठमाडौं, २७ भदौ – उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन्।

हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गरे।राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो रहेको स्पष्ट पार्दै उनले विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन्।

उपराष्ट्रपतिले भने, “पछिल्ला दिनमा बढेका बलात्कारजस्तो जघन्य अपराधलगायतका महिला हिंसाका घटना ज्यादै गम्भीर र चिन्ताको विषय हो।

बलात्कारलगायत महिला हिंसाका घटनाका दोषीलाई कानूनी दायरामा ल्याई यस्ता घटनाको न्यूनीकरण गर्नुपर्दछ। यस वर्षको तीज पर्वले महिला हिंसालगायत सबैखाले आपराधिक घटनालाई न्यूनीकरण गर्न सन्देश दिने अपेक्षा लिएको छु।

जस्तोसुकै दुःख, कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा रहेको भन्दै उनले बाढी, डुबान, पहिरोबाट घरबारबिहीन भएका र चार वर्षअघि गएको विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरामै बस्दै आएका तथा विभिन्न हिंसाका घटनामा पर्नुभएका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज पर्व मनाउनुहुनेछ भन्ने विश्वास लिएको उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा उल्लेख छ। 


 

More form the Internet

loading...