Suvadin, Home
Nepal life 2.241M

राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफः
निर्मला हत्या प्रकरणको उच्चस्तरीय टोलीले छानविन गरिरहेको छ

मानसिक सन्तुलन ठीक नभएका दिलिप विष्टलाई दोषी नदेखिएपछि रिहा गरिएको जानकारी दिए। थप संदिग्ध व्यक्तिहरुमाथि छानविन भइरहेको गृहमन्त्रीले बताएका छन्। उक्त घटनामा संसदीय छानविन समिति सदनले बनाउन सक्ने प्रतिक्रिया पनि थापाले दिएका छन्।

काठमाडौं, २९ भदाै– बलात्कार पछी हत्या गरिएको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापाले छानविन जारी रहेको संसदमा बताएका छन्।

संघीय संसदका माथिल्लो सदन राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला प्रकरणको उच्चस्तरीय टोलीले छानविन गरिरहेको बताउँदै केही व्यक्तिहरुलाई रिहा गरिएको बताए।

मानसिक सन्तुलन ठीक नभएका दिलिप विष्टलाई दोषी नदेखिएपछि रिहा गरिएको जानकारी दिए। थप संदिग्ध व्यक्तिहरुमाथि छानविन भइरहेको गृहमन्त्रीले बताएका छन्।

उक्त घटनामा संसदीय छानविन समिति सदनले बनाउन सक्ने प्रतिक्रिया पनि थापाले दिएका छन्।

यसैगरी गृहमन्त्री रामबहादुर थापाले राममनोहर यादवले विखण्डनकारी नारा लगाएकाले बर्दिया प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन्। राष्ट्रियसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहेका यादवको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको जानकारी दिएका हुन्।

संविधान, ऐनको अधिनमा रही विरोध प्रदर्शन गर्न पाउने तर संविधानभन्दा बाहिर गएर विखण्डनको नारा लागेकाले उनी पक्राउ पारेको बताए। त्यस्तै उनले दृष्टि साप्ताहिकको समाचार साभार गरेको आधारमा प्रहरीले नियन्त्रणमा लिएका राजु बस्नेत प्रकरणमा भने उजुरीको आधारमा मात्रै पक्राउ गरिएको बताए।

झुटो समाचारबाट व्यक्तिको जीवनमा असर पुगी उसले दिएको उजुरीको आधारमा पक्राउ परेको उनको भनाइ थियो।

रोल्पामा मारिएका तरुण दलका नेता रोहित पुनका विषयमा छानविन भइरहेको जानकारी दिए। घटनाको मुख्य दोषीलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको गृहमन्त्रीले बताए।


 

More form the Internet

loading...