Suvadin, Home
Citizen Bank 392.8k
Bridge Water

धनेश्वर मन्दिर क्षेत्रलार्इ विकास गर्ने राज्यमन्त्री थारूकाे प्रतिवद्धता

महाशिवरात्रिको अवसरमा मंगलबार धनेश्वर क्षेत्र विकास कोषको कार्यालय उद्घाटन कार्यक्रममा उनले सरकारका तर्फबाट धनेश्वरको विकासका लागि विनियोजन गरिएको रु २ करोड ५१ लाख रकम तत्काल कार्यान्वयन गर्न आफ्नो तर्फबाट पहल हुनेमा जोड दिएकी छिन्।
फाइल तस्वीर

काठमाडाैं, १ फागुन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थारूले धनेश्वर मन्दिर परिसरलाई व्यवस्थित र विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिएकी छिन्। 

महाशिवरात्रिको अवसरमा मंगलबार धनेश्वर क्षेत्र विकास कोषको कार्यालय उद्घाटन कार्यक्रममा उनले सरकारका तर्फबाट धनेश्वरको विकासका लागि विनियोजन गरिएको रु २ करोड ५१ लाख रकम तत्काल कार्यान्वयन गर्न आफ्नो तर्फबाट पहल हुनेमा जोड दिएकी छिन्।

उनले भनिन् – 'यहाँको मन्दिर क्षेत्रको विकासका लागि छुट्याइएको बजेट केही मात्रमा मात्रै आएको भन्ने सुनेको छु, छुट्याएको रकम सबै खोज्न र मन्दिर परिसरको विकासका लागि समितिका पधादिकारी क्रियाशील भएर लाग्नुहोला।' 

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले मानिसको आस्थाको धरोहर मन्दिर भएकाले सबै मिलेर मन्दिर परिसर व्यवस्थित गर्न लाग्नुपर्नेमा जोड दिएका छन्। धनेश्वर क्षेत्र विकास कोषका सल्लाहकार सहकुल थापाले मन्दिर परिसरलाई व्यवस्थित गर्न बजेटको अभाव रहेकाले यसका लागि सहयोग गर्न आग्रह गरेका छन्।