Suvadin, Home

Cover Image

अबको १२ दिनमा नेपाल प्रहरीमा डिआईजीबाट सिधै आईजीपी 

प्रहरी संगठनमा अबको १२ दिनमा नियुक्त हुने नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) प्रहरी नायब महानिरीक्षक (डिआईजी)बाट सिधै हुने भएका छन्। हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सँगसँगै अन्य सबै एआईजीहरूले अवकाश पाउने भएकाले नयाँ प्रहरी महानिरीक्षक डिआईजीबाट सिधै नियुक्त हुने भएका हुन्। गृह मन्त्रालयले नयाँ आईजीपी नियुक्तिका लागि सोहीअनुसारै प्रक्रिया थाल्ने भएको छ। नयाँ बन्ने महानिरीक्षकलाई बीचमा एअार्इजीमा बढुवा हुन नदिइएकाले डिआईजीबाटै आईजीपी बनाउनुपर्ने भएको हो। साधारणतया वरिष्ठतम् एआईजीमध्येबाट प्रहरी महानिरीक्षक बनाइने गरिन्छ। हाल आईजीपी अर्यालसँगै ११ जना एआईजी छन्। ती सबै उनीसँगै अवकाश पाएर घर फर्किँदै छन्। 
वरिष्ठ डिअार्इजीद्वय नवराज सिलवाल र प्रकाश अर्याल।

काठमाडौं, माघ २० - प्रहरी संगठनमा अबको १२ दिनमा नियुक्त हुने नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) प्रहरी नायब महानिरीक्षक (डिआईजी)बाट सिधै हुने भएका छन्। हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सँगसँगै अन्य सबै एआईजीहरूले अवकाश पाउने भएकाले नयाँ प्रहरी महानिरीक्षक डिआईजीबाट सिधै नियुक्त हुने भएका हुन्। 

गृह मन्त्रालयले नयाँ आईजीपी नियुक्तिका लागि सोहीअनुसारै प्रक्रिया थाल्ने भएको छ। नयाँ बन्ने महानिरीक्षकलाई बीचमा एअार्इजीमा बढुवा हुन नदिइएकाले डिआईजीबाटै आईजीपी बनाउनुपर्ने भएको हो। 

साधारणतया वरिष्ठतम् एआईजीमध्येबाट प्रहरी महानिरीक्षक बनाइने गरिन्छ। हाल आईजीपी अर्यालसँगै ११ जना एआईजी छन्। ती सबै उनीसँगै अवकाश पाएर घर फर्किँदै छन्। 

‘अब १२ दिनपछि बन्ने आईजीपी डिआईजीबाट सिधै हुनेछन्,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘त्यसो हुँदा हालका वरिष्ठतम् डिआईजीमध्येबाट आईजीपीको कुर्सीमा पुग्नेछन्।’ महानिरीक्षक अर्यालकै ब्याचीका तीन डिआईजी छन्, तर उनीहरू अर्यालसँगै अवकाश पाउँदैछन्। 

प्रहरी नियमावली २०७१ अनुसारको व्यवस्थाअनुसारै डिआईजीबाट महानिरीक्षक नियुक्ति हुनेछन्। प्रहरी नियमावलीको खण्ड ६४ अनुसार नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दामुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने व्यवस्था छ। 

यही नियमावली टेकेर सरकारले फागुन ३ गते आईजीपी नियुक्ति गर्दैछ। रोलक्रम अनुसार पहिलो नम्बरमा रहेका वरिष्ठतम् डिआईजी नवराज सिलवाल भावी आईजीपीका सशक्त उम्मेदवार हुन्। नियुक्तिमा राजनीतिक चलखेल वा अस्वस्थ गतिविधि नभए फागुन ३ मा उनी आईजीपी नियुक्त हुँदैछन्। उनको कार्यकाल १५ महिनाको हुनेछ।

उनको पछिपछि अर्का डिआईजी प्रकाश अर्याल पनि आईजीपीका प्रतिस्पर्धी हुन्। उनी वरियतामा दोस्रो नम्बरमा छन्। कार्यक्षमता, दक्षताका हिसाबले सिलवाललाई अर्यालको कडा टक्कर छ। 

गृह स्रोतका अनुसार भावी बन्ने आईजीपीलाई पहिल्यै एआईजी बनाउन सकिन्छ। त्यसका लागि विशेष पद सिर्जना गर्नुपर्ने हुन्छ। विगतमा कतिपय आईजीपीले यसो गर्ने गरेका पनि हुन्। तर, कतिपय भने विशेष पद सिर्जना गर्न चुक्ने गरेका छन्। भावी आईजीपीका लागि बहालवाला आईजीपीले बाटो नखोलिदिँदा अहिले प्रतिस्पर्धामा अस्वस्थ गतिविधि देखिएको प्रहरी अधिकारीहरू नै बताउँछन्। 

‘आफ्नो कार्यकाल चुनौतीपूर्ण बन्ने डरले आईजीपीले बीचमा विशेष पद सिर्जना गर्न हच्किन्छन्,’ एक वरिष्ठ एआईजीले शुभदिनसँग भने, ‘अहिले देखिएको यही पनि हो।’ प्रहरी नियमावलीमा ३० वर्ष सेवाअवधि पुगेपछि अवकाश पाउने व्यवस्था रहेकाले पनि यो समस्या देखिएको ती एआईजीको भनाइ छ।

कतिपय कुशल क्षमता र व्यावसायिक प्रहरी अधिकारीले यो सेवालाई हटाएर ३२ वर्ष पुर्याउन ‘आन्तरिक लविङ’ पनि नगरेका हैनन्। तर, संगठनभित्र मतान्तर रहेका कारण यो सम्भव हुन सकेन। 

यसरी डिआईजीबाट सिधै आईजीपी बढुवा प्रहरी संगठनमा एकदमै विरलै देखिन्छ। अब बन्ने आईजीपीले पनि बीचमा वरिष्ठतम् डिआईजी बढुवा गरेर विशेष पद सिर्जना गर्न नसके उनीपछि बन्ने आईजीपी पनि सिधै डिआईजीबाटै हुन्छन्। सिलवालहरूको ब्याचपछि रमेश खरेलहरूको ब्याचबाट एक जना आईजीपी हुँदैछन्। परिस्थिति प्रतिकूल नभए सिलवालपछि खरेल नै आईजीपी बन्नेछन्। 

डिआईजी वा परिस्थिति त्यस्तै आइपरे एसएसपीबाट पनि प्रहरी संगठन प्रमुख बन्नसक्ने नियमले संगठनमा भने सकारात्मक सन्देश नजाने भनी कतिपय प्रहरी अधिकारीहरूले विमति राख्दै आएका छन्। यस्तो हुँदा ‘अपरिपक्व’ नेतृत्व हुने दाबी उनीहरूको छ। ‘एआईजी पदमा बसेर कार्यसम्पादन गरिनसकेको व्यक्ति डिआईजीबाट सिधै आईजीपी बन्दा बीचमा उसले हासिल गर्नुपर्ने ज्ञान, दक्षता अभाव देखिन्छ,’ एक एआईजीले भने, ‘यस्तो हुँदा नेतृत्वले गर्ने निर्णय क्षमतामा ह्रास आउन सक्ने, परिपक्वता नदेखिने समस्या आउने सम्भावना हुन्छ।’ 
 


 

More form the Internet

loading...