Suvadin, Home

प्रतिमा लेख्छिन्, ‘चन्दको पूरा जीवन सेटिङमा’
फेसबुक र ट्वीटरमा शेरबहादुर देउवा र जयबहादुर चन्दको खेदो

निष्पक्षता, स्वतन्त्रतासाथ कार्यसम्पादन गर्नुपर्ने प्रहरीमा राजनीतिक हस्तक्षेपले लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको भन्दै सामाजिक सञ्जालमा बिरोध भइरहेको हो।  राप्रपा अध्यक्ष कमल थापाले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘न्यायालय र निर्वाचन आयोगपछि अब सुरक्षा निकाय प्रमुख नियुक्ति पनि पार्टीगत भागबन्डाको आधारमा? कृपया लोकतन्त्रको चिरहरण नगर्नुहोस्।’ 
जयबहादुर चन्द र शेरबहादुर देउवा।

काठमाडौं, चैत १ - सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रहरी महानिरीक्षक नियुक्तिको तीब्र बिरोध भएको छ। सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेपछि सामाजिक सञ्जाल आलोचनाले भरिएका छन्। 

दिनहुँजसो सामाजिक सञ्जालमा प्रहरी महानिरीक्षक नियुक्तिको बिरोध हुने गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा सरकारले फागुन १ गते चन्दलाई महानिरीक्षक नियुक्तिको निर्णय गरेको थियो। तर, सर्वोच्च अदालतले तीन घन्टामै उक्त निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन आदेश गरेपछि बढुवा रोकिएको थियो। 

अधिवक्ता कपिलदेव ढकालले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले तीन पटक उक्त निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन आदेश गरिसकेको छ। अदालतले बढुवाका आधार के हुन् भन्दै सरकारलाई जवाफ मागेको थियो। सरकारले जवाफ बुझाइसकेको हुनाले अब चैत ३ गते उक्त मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ। 

निष्पक्षता, स्वतन्त्रतासाथ कार्यसम्पादन गर्नुपर्ने प्रहरीमा राजनीतिक हस्तक्षेपले लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको भन्दै सामाजिक सञ्जालमा बिरोध भइरहेको हो।  

राप्रपा अध्यक्ष कमल थापाले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘न्यायालय र निर्वाचन आयोगपछि अब सुरक्षा निकाय प्रमुख नियुक्ति पनि पार्टीगत भागबन्डाको आधारमा? कृपया लोकतन्त्रको चिरहरण नगर्नुहोस्।’ 

पछिल्लो समय न्यायालय र निर्वाचन आयोगमा भइरहेका नियुक्ति राजनीतिक भागबन्डाकेन्द्रित हुन गएकोमा थापाको बिरोध छ। 

बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले ट्वीटरमा लेखेका छन्, ‘नेपाली नेतालाई पढाउन विदेशी निकाय खरोडौं खर्च गर्छन्। ट्वीटर र फेसबुकमा जनता के भन्दैछन् भन्ने मात्र पढे धेरै फरक पर्थ्यो। आइजी नियुक्ति। 

पत्रकार शरदराज पाठकले ट्वीटरमा कांग्रेस सभापति देउवाको बिरोध गरेका छन्। ‘श्री शेरबहादुर देउवाजी यसो गरौं। अब कांग्रेसमा पनि तेस्रो वरियताको नेतालाई पार्टीको नेतृत्व सुम्पिए कसो होला?’ तेस्रो वरियताबाट प्रहरी प्रमुख छान्न देउवाले दबाब दिएकोमा उनले बिरोध गरेका छन्। 

पाठकले अर्को ट्वीट गर्दै लेखेका छन्, ‘विधिपद्धतिलाई धोती लगाइदिएर क्षेत्रीय निकटताका आधारमा प्रहरी प्रमुख छान्न उद्दत नेताबाट देशको बृहत्तर हितको अपेक्षा राख्नु हाम्रै मुर्खता।’ 

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले आफ्नो फेसबुक पेजमा प्रहरी महानिरीक्षक नियुक्तिबारे कटाक्ष गरेका छन्। ‘सुरक्षा निकाय, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र एकताका आधारस्तम्भ र धरोहर हुन्, यी निकायलाई कुनै समुदाय विशेषको बिरोधी शक्तिका रुपमा चित्रण गर्ने धृष्टता कसैले नगरौं।’ 

लामो समय कान्तिपुर दैनिकमा अपराध बिधामा कलम चलाएकी पत्रकार प्रतिमा बाँस्कोटाले डिआइजी जयबहादुर चन्दले घुसको अफर गरेको आरोप लगाएकी छिन्। ट्वीटरमा उनले लेखेकी छिन्, ‘काठमाडौं प्रहरी प्रमुख हुँदा पत्रकारलाई बोलाएर घुस अफर गर्ने चन्द आइजी भए के अफर गर्लान्? उनको पूरा जीवन सेटिङमै चल्या छ।’

पत्रकार एवम् सामाजिक अभियन्ता रविन्द्र मिश्रले प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्च अदालतले गरेको निर्णयको प्रशंसा गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘अहिले त उनले त्यो जीर्ण मन्दिरको इज्जत जसोतसो धानिदिएकी छिन्। उनले अवकाश पाएपछि राजनीतिको धमिरा सल्काइएको त्यो मन्दिरको हाल के होला?’

नागरिकन्युज डटकमले आइजिपी कसलाई बनाउने भनी सर्वेक्षण गरेको छ। नागरिकन्युज पोलः प्रहरी महानिरीक्षकमा को नियुक्त होस् भन्ने चाहनुहुन्छ? भनी उसले सर्वेक्षण गरेको थियो। 

सर्वेक्षणमा नवराज सिलवाललाई धेरैले मन पराएका छन्। जयबहादुर चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारीलाई निकै कमले मन पराएका छन्। 

पत्रकार मदनबाबु भण्डारीले फेसबुकमा सुदूरपश्चिमकै पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले जयबहादुर चन्दको नाम किन लिएनन् भन्दै प्रश्न गरेका छन्। ‘आइजीपी बढुवा प्रकरणमा न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम हत्कडीमा अन्तर्वार्ताको क्रममा सुदूरपश्चिमकै पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले नवराज सिलवालको नाम लिँदा जयबहादुर चन्दको नाम किन लिएनन्? कांग्रेस सभापति देरबहादुर देउवाको ध्यान जाओस् प्रभु!’ 

वरिष्ठ पत्रकार भुषण दाहालले ट्वीटरमा लेखेका छन्, ‘प्रहरी प्रमुख नियुक्तिलाई नेताहरूले गिजोलेको देख्दा त्यसले आइजिपी पदलाई पिआइजी नबनाओस्। यही कामना छ, श्रद्धा अझै बफ्याउने विचार भए के नै भनौं र?’ 

प्रहरी महानिरीक्षक दाबेदारमध्ये डिआइजी नवराज सिलवाल पहिलो नम्बरमा थिए। दोस्रो वरियतामा प्रकाश अर्याल र तेस्रोमा चन्द थिए। पहिलो र दोस्रो वरियताबाट स्वाभाविक दाबेदार हुँदाहुँदै सरकारले चन्दलाई नियुक्ति गर्ने निर्णय गरेको थियो। 

गृहमन्त्री विमलेन्द्र निधि र प्रधानमन्त्री पुष्पकमल दाहालले अडान लिँदालिँदै देउवाको दबाबमा चन्दलाई नियुक्ति गरिएको थियो। अदालतले उक्त निर्णय रोकिदिएपछि आइजिपी नियुक्ति विवादमा परेको हो। दाबेदारमध्ये पहिलो नम्बरमा रहेका सिलवालले आफूलाई आइजिपी बनाइपाऊँ भनी सर्वोच्चमा रिट हालेका छन्। त्यो रिट पनि विचाराधीन छ। 

यो पनि हेर्नुहोस् 

शंकाको घेरामा ‘अपरेसन स्युडो’
डिआइजी जयबहादुर चन्दलाई १६ करोड ‘बार्गेनिङ’ अभियोग

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार

जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’

प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’

डिआइजी चन्द ‘बिचौलिया’ लिएर देउवा कुटीमा

 


 

More form the Internet

loading...