Suvadin, Home

निर्वाचनमा बाधा छैनः इला शर्मा

निर्वाचन आयोगले निर्वाचनको काममा कहीँकतै बाधा/अवरोध नभएको जनाएको छ। निर्वाचन आयुक्त इला शर्माले निर्वाचन आयोगको काममा कहीँकतै बाधा÷अवरोध नरहेको जानकारी दिएकी हुन्।
इला शर्मा।

काठमाडौं, वैशाख ८ - निर्वाचन आयोगले निर्वाचनको काममा कहीँकतै बाधा/अवरोध नभएको जनाएको छ। निर्वाचन आयुक्त इला शर्माले निर्वाचन आयोगको काममा कहीँकतै बाधा÷अवरोध नरहेको जानकारी दिएकी हुन्।

कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चारकर्मीमाझ कुरा गर्दै उनले मधेसका जिल्लाहरूमा समेत निर्वाचनको काममा अवरोध गर्ने खालका कुनै पनि गतिविधि नभएको स्पष्ट पारे। उनले निर्वाचनमा मधेस केन्द्रित सबै राजनीतिक दल सहभागी हुने विश्वास पनि व्यक्त गरे।

मधेस केन्द्रित दलहरूले पनि निर्वाचनलाई सफल बनाउन सहयोगी गरिरहेको उनको भनाइ थियो।

निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने कामलाई तीव्रता दिएको छ। मतदात परिचय पत्र छपाइको काम पनि केही दिनभित्रै सकिने आयुक्त शर्माले बताइन्। निर्वाचन आयोगले मतपत्र छपाइको कामलाई पूरा गरिसकेको छ। त्यसैगरी, मतदाता परिचय पत्र वितरणको कामलाई भने निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमार्फत् वैशाख २७, २८ र २९ गते वितरण गर्ने योजना बनाएको छ।

१ करोड ४० लाख ५४ हजार ४ सय ५२ जना मतदाताले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्वाचन आयोगले जनाएको छ।


 

More form the Internet

loading...