Suvadin, Home

निर्वाचन अपडेटः
इलामको प्रतिनिधी तथा प्रदेशसभाका सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

खनालका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १ हजार ६ सय ४६ मत प्राप्त गरेका छन। त्यसैगरी, क्षेत्र नम्बर२ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व सभामुख सुवास नेम्वाङले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन्।

इलाम, मंसिर २२ – इलामको प्रतिनिधी तथा प्रदेशसभाका सवै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ। इलाम क्षेत्र नम्बर १ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व प्रधामन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालले ३ हजार ४८ मत प्राप्त गरेका छन्।

खनालका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १ हजार ६ सय ४६ मत प्राप्त गरेका छन। त्यसैगरी, क्षेत्र नम्बर२ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व सभामुख सुवास नेम्वाङले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन्।

उनका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता केशव थापाले २ हजार ३ सय २० मत प्राप्त गरेका छन।

त्यस्तै, प्रदेश सभामा समेत बाम गठबन्धका उम्मेदवार अगाडी छन। प्रदेशसभा तर्फ इलाम क्षेत्र नम्बर १ को क मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले १ हजार ५ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्र राईले १ हजार २४ मत प्राप्त गरेका छन्।

इलाम क्षेत्र नम्बर १ को ख मा बाम गठबन्धकै काजीमान कागतेले १ हजार ८ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा बरालले ७ सय ९४ मत प्राप्त गरेका छन।

त्यस्तै क्षेत्र नम्बर २ को क मा बाम गठबन्धनका राम रानाले १ हजार ५ सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डम्बर खडकाले १ हजार ४ सय १८ मत प्राप्त गरेका छन्।

इलाम क्षेत्र नम्बर २ को ख मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका धिरेन्द्र शर्मा रमणले १ हजार ३ सय २० मत प्राप्त गर्दा नेपाली कांग्रेसका खगेन्द्र देवानले ८ सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


 

More form the Internet

loading...